इलाका प्रहरी कार्यालय ठाडा मातहत कार्यरत प्रहरी नायव निरिक्षक शालिकराम पोख्रेल सेवानिवृत्त भएको अबसरमा प्रहरी निरिक्षक दिपक सिंह बिष्ट , पुर्वप्रहरीहरु लगायतको उपस्थितमा कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरिएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक बिष्टले ३० बर्ष राष्ट्र लाई दिएको योगदानको उच्च सम्मान गर्दै ३० बर्ष सम्म घरमा रहेर घर चलाएर प्रहरी सेवामा श्रीमानलाई सहयोग गर्ने श्रीमतीको समेत ठुलो भुमिका रहेको भन्दै प्रशंसा गर्नु भयो ।
हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको बिष्टले उच्च प्रशंसा गर्नुभयो ।प्रहरी संगठनमा अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गर्नुभएकोमा बधाई समेत दिनुभयो ।
पोख्रेल र उँहाको परिवारलाई इप्रका ठाडामा भब्य सम्मान सहित प्रहरी स्थानिय तथा पुर्व प्रहरीहरुले बिदाई गरेका थिए । साथै उहालाई इप्रका ठाडाको सवारीमै बेहुली जस्तै सझाएएर घरसम्मै पुराएर कार्यालयले बिदाइ तथा आगामी दिनको शुभकामना ब्यत्त गरेको छ ।










