८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

कास्कीको पोखरास्थित अमरसिंह चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेक्रममा सो पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले उनीमाथि प्रहार गरेका हुन् । रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले बताए । खोया स्टेजमा पुगेपछि रविले त्यसलाई टिपेका थिए । रास्वपाका एक नेताकाअनुसार त्यो खोया सहभागीलाई देखाउँदै सानातिना प्रहार हुँदै आएको र डस्ट्बिनमा जानुपर्ने चिज स्टेजमा आएको प्रतिक्रिया जनाएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष जीवी राई अहिले फरार छन् । राई र लामिछाने मिलेर काठमाडौंमा ग्गालेक्सी टेलिभिजन सुरु गरेका थिए । राई सहकारीको रकम हिनामिना गरी अहिले फरार छन् भने लामिछानेले पार्टी खोल्नुअघि नै टेलिभिजन छोडेका थिए । र अहिले सो टेलिभिजन पनि पनि बन्द भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?