शितगंगामा दादुरा रुवेला खोप अभियान हुने

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकामा पालिका स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सप्पन्न भएको छ । स्वास्थ्य शाखा कार्यालय शितगंगाको आयोजनामा पालिकाका जनप्रतिनिधीहरु , स्वयमसेविका , शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सन्चारकर्मीहरुलाई अभिमुखीकरण गोष्ठी गरिएको थियो गोष्ठीमा शितगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दामोदर ढकाल तथा सहसंयोजक लक्ष्मण पौडेलले सहजीकरण गर्नु भएको थियो ।
फागुन १३ गते देखि फागुन १७ गते सम्म शितगंगा नगरपालिकामा ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको होे ।
खोप अभियान सञ्चालनका लागि पालिकामा आवश्यक तयारी सबै पुरा भइसकेको र ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप दिने यस अभियानमा पालिकाका ३०५७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी ८८ ओटा वटा खोप केन्द्रबाट खोप प्रदान गरिने स्वास्थ्य शाखा कार्यालय शितगंगाका स्वास्थ्य संयोजक दामोदर ढकालले बताउनु भएको छ ।
खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्नका लागी स्वास्थ्यकर्मीहरुको टिम उपचारमा खटिने समेत स्वास्थ्य सहसंयोजक लक्ष्मण पौडेलले जानकारी गाराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?