२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

सिद्धारा स्वास्थ चौकी जिल्लामै उत्कृष्ट शितगंगा नगरपालिका भने सबै भन्दा कमजोर

न्युज पाना असोज ६/
लुम्बिनी प्रदेश सरकार स्वास्थ निर्देशनालयले बिभिन्न सुचकहरुमा मापन गरेको अर्घाखाँची जिल्लाका ६१ वटा स्वास्थ चौकीहरु मध्ये सेवा प्रवाह लगायत नियमित खोप जस्ता बिभिन्न सुचकमा प्राप्त अंकको आधारमा वडा नम्बर १० र ९ कार्य क्षेत्र रहेको सिद्धारा स्वास्थ चौकीले सबै भन्दा बढी अंक प्राप्त गरेको छ ७७.४३ अंक प्राप्त गर्दै सिद्धारा स्वास्थ चौकी सम्मानित भएको हो

यस्तै बलकोट स्वास्थ चौकी ७५.५० अंक सहित दोस्रो स्थान र वाङला स्वास्थ चौकी ७२ अंक सहित तेस्रो ,ठाडा प्राथमिक स्वास्थ केन्द्र चौथो भएका छ । जिल्ला स्वास्थ कार्यालय खर्घाखाँचीले गरेको समिक्षा कार्यक्रममा स्वास्थ चौकस्हरुले आफ्नो अबस्था सेवा प्रवाह लगायतका प्रस्तुति सहित समिक्षामा सहभागी भएका थिए ।

यस्तै जिल्लाका ६ वटै स्थानिय तहको समेत समिक्षा सम्पन्न भएको छ स्थानिय तहगत समिक्षामा भने सन्धिखर्क नगरपालिका ७३.०३ अंक सहित पहिलो भएको छ,भुमिकास्थान नगरपालिका ६६ अंक सहित दोस्रो,छत्रदेव गाँउपालिका ६३ अंक सहित तेस्रो मालारानी गाँउपालका ६३ अंक सहित चौथो,शितगंगा नगरपालिका ६१ अंक सहित पाँचौ र पाणेनी गाँउपालिका ६० अंक सहित अन्तिममा रहेका छन ।

शितगंगा नगरपालिकामा रहेका ३७ वटा स्वास्थ संस्थाहरुबाट उपयुत्त सेवा हुन नसकेर नगरपालिकाको नतिजा स्वास्थमा राम्रो आउन नसकेको स्वास्थ शाखाका लक्ष्मण पौडेलले बताउनु भयो । प्रत्येक वडामा रहेका स्वास्थ चौकीको नतिजा र सेवा प्रवाह राम्रो रहे पनि गाँउघर क्लिनिक ,सहरी क्लिनिकका नाममा खोलिएका स्वास्थ सस्थाले दिने सेवा प्रवाह राम्रो हुन नसकेको पौडेलको भनाइ छ

अन्य पालिकामा १२ वटा सम्म स्वास्थ संस्था र शितगंगाका ेभन्दा बढ बजेट बिनियोजन गर्दा सेवा राम्रो हुन सकेको बताउदै शितगंगामा ६२ जना स्वास्थमा करारमा मात्र कार्यरत रहेको बिभिन्न स्थान मा १ जना मात्र कर्मचारीले शहरी क्लिनिक स्ञ्चालन गरेको र सामान्य औषधीमात्र त्यहाबाट बितरण हुने गरेको छ साथै ति संस्थामा पुगेका औषधीम्याद सकिएर फिर्ता हुर्ने गर्दा वडा स्तरिय स्वास्थ चौकीमा औषधीको अभावहुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (42%)
  • दुःखी (33%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?