२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

राप्रपा शितगंगाले नगरपालिका लाई बुझायो ९ बुँदे ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टि शितगंगा नगर कार्य समितिले शितगंगा नगरपालिकामा ९ बुँदे ज्ञापनपत्र बुझाएको छ, नगरपालिकालाई खबरदारी र जवाफदेहि बनाउने उदेश्यले ज्ञापन पत्र बुझाएको नगर कार्य समितिका अध्यक्ष देबिराम गैरेले बताउनु भयो माग पुरा नभएका चरणवद्ध आन्दोलन गर्ने समेत गैरेले बताउनु भयो ।
१.किसानले पाउनु पर्ने उत्पादनमा आधारित अनुदान रकम तुरुन्त भुक्तानी दिनु पर्ने ।
२.वडा १२ कोठिया मैदानमा २०७७ सालमा गएको पहिरो पिडितलाई घर बनाए बापतको तेस्रो किस्ता बापतको रकम तुरुन्त भुक्तानी दिनु पर्ने ।
३.प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा बन्न लागेका भवन के कति कारणले रोकिएको हो यसको समाधान गरि तत्काल निमार्ण कार्य सुरु गर्नु पर्ने ।
४.हिलेखोला पोखरी खेल मैदान जाने मोटरबाटो र अमराई सानो दह जाने मोटरबाटो के कारणले रोकिएको छ ?यसको समाधान गरी तुरुन्त बाटो पिच गर्ने कार्य सुरु गर्नु पर्ने ।
५.प्रतिनिधि तथा कर्मचारीले ब्यातिmगत रुपमा पाएको घर भाडा सुबिधा नियमानुसार खारेज गर्नु पर्ने ।
६.यातायात ईन्धन खर्च बढि प्रयोग देखिएकोले नियमानुसार मात्र खर्च गर्नु पर्ने ।
७.यस नगरपालिकामा सञ्चालनमा रहेका ३ वटा गाडि मध्ये १ मात्र गाडि नगरपालिकाको कामकाजमा प्रयोग गर्ने र २ वटा गाडि सामाजिक सेवामा प्रयोग गर्नु पर्ने ।
८.यस नगरपालिकामा रहेका मोटरसाईकलहरु कामकाज भन्दा बढि ब्याक्तिगत रुपमा प्रयोग गरेको देखिएकोले तत्काल रोक्नु पर्ने ।
९.नागरिकले ब्याक्तिगत लगानि गरि सञ्चालन भईराखेका उधोग ब्यवसायलाई टेवा तथा सरक्षण गर्नु पर्ने ।
माथि उल्ललेखित ९ बुधे माग कार्यान्वयन नभए ३ चरणको आन्दोलन गर्ने घोषण गर्दर्छौ
यो ज्ञापन पत्र बुजाएको १५ दिन भित्र माग पुरा नभए पहिलो चरणको आन्दोलन १ दिने धर्ना कार्यक्रम रहने छ । दोस्रो चरणको आन्दोलन १ दिने अनसन हुने छ ।
तेस्रो चरणमा आमरण अनसन बस्ने जानकारी सहित यो ज्ञापन पत्र पेश गर्दर्छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?