नेकपा (एकीकृत समाजबादी)जिल्ला कमिटी अर्घाखाँचीको पदाधिकारी बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । दोस्रो पदाधिकारी बैठकले पार्टी केन्द्रले संचालन गरेको सुशासन र रोजगारी समाजबादको तयारी अभियानको दोस्रो चरण अन्तरगतको विभिन्न कार्यक्रम अर्घाखाँची जिल्लामा पनि संचालन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले प्रदेश अधिबेशनको समिक्षा,बधाई तथा सुभकामना ज्ञापन, पार्टी संगठन निर्माण तथा बिस्तारको कार्ययोजना,साथै पार्टीले संचालन गरेको अभियान अन्तरगत स्थानिय तहका समस्या र सामाधानका सबालहरु उठान गरि ६ वटै पालिकामा ध्यानआकर्षण पत्र पेश गर्ने, गत बैशाख १९ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत पेस भएको ध्यानाकर्षण पत्र उपर पु:न जेठ १९ गते नै प्रमुख जिल्ला अधिकारीलाई स्मरण गराउने जेष्ठ २४ गते जिल्लाका विभिन्न सरोकारवालाहरुको बिचमा अभियान बारे अन्तरकृया कार्यक्रमको आयोजना गर्ने, समग्र एक महिने अभियान तथा पार्टी गतिविधिका बारेमा जानकारी दिने उदेश्यका साथ जेठ ३१ गते सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको पार्टी जिल्ला कमिटी का अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो ।
पार्टीले पहिलो चरणका महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरि दोस्रो चरणका कार्यक्रम थप प्रभावकारी तरिकाले गर्ने तयारी गरिएको पार्टी जिल्ला कमिटी उपाध्यक्ष युबराज पौडेलले बताउनु भयो । बैठकमा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य दिनामणी बेल्वासे, गणपती भुसाल, नि:बर्तमान प्रदेश कमिटी सचिवालय सदस्य तारापती भट्टराई लगायतका पार्टी नेताहरुले बैठकमा महत्त्वपूर्ण मनतब्य व्यक्त गर्नु भएको थियो ।
बैठक राम बहादुर चौहानको अध्यक्षता,युबराज पौडेलको स्वागत हृदय भुसालको संचालनमा सम्पन्न भएको थियो ।






