५ कार्तिक २०८२, बुधबार
५ कार्तिक २०८२, बुधबार

शितगंगा की छात्राले बनाईन गुरुको फोटो दुरुस्तै भविश्यमा आर्टिस्ट बन्ने इच्छा 

विक्रम आचार्य शितगंगा

शितगंगा नगर पालिका वडा नं . १० श्री जनजागृती माविका कक्षा नौ मा अध्ययनरत छात्रा वर्षा नेपालीले आफुलाई अध्यापन गराउने गुरुको तस्वीर कापिमा कोरेर दुरुस्त फोटो बनाईकि छिन ।

शितगंगा १० सामकोट निवासी बाबा रामु नेपाली र आमा दमन्ती नेपालीको छोरी वर्षा नेपाली आफुलाई अध्यापन गराउने गणित शिक्षक शितगंगा ५ का पुनाराम पौडेलको फोटो कापिमा उस्तै बनाएर आफ्नो आफ्नो भविश्यमा आर्टिस्ट हुने प्रतिभा प्रस्तुत गरेको छिन ।

छात्रा वर्षा नेपालीको भविश्यमा आर्टिस्ट हुने इच्छा रहेको बताईकि छिन ।

गत कक्षा आठको नगरस्तरिय परिक्षामा पनि नगर चौथो स्थान प्राप्त गर्दै पढाईमा पनि लगनसिल अब्बल रहेको सावित गरेकी छिन ।

उनी अनुसासित मिहनेती सब्य प्रतिभासाली विद्यार्थी रहेको कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक धनिश्वर पौडेलले न्युज पानालाई बताउनु भयो साथै यस्ता प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने मा जोड दिनु भयो ।

छात्रा वर्षा नेपालीका वावा वैदेशिक रोजगारीको शिलशिलामा भारतमा हुनुहुन्छ साथै कक्षा ४ मा पढ्ने एक भाई छन् भने दिदि पनि भारतमा रहेको पारिवारिक स्रोतले जानाकारी दिएको छ ।

यस्ता उदयमान नया प्रतिभालाई प्रोत्साहन गर्दै अगाडी बढाएमा सरकारको निति पढदै कमाउँदै पनि कार्यन्ययन हुने र विद्यार्थी पनि स्वरोजगार बन्ने हुनाले स्थानिय सरकारको ध्यानाकर्शन हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (81%)
  • अचम्मित (13%)
  • दुःखी (6%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

यी हुन शुशिला कार्की प्रधानन्याधिस हुँदा गरेको प्रमुख काम

0

शितगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?