गुडरुङ्ग खोलामा बन्ने मोटरेवल पुलको शिलान्यास सम्पन्न

शितगंगा नगरपालिका वडा न ११ र १२ जोड्ने पथ्थरकोट हर्रे सडक अन्तरगत गुडरुङ् खोला रानीकुवाको मोटरेवल पुलको शिलान्यास गरीएको छ । पुलको शिलान्यास आज लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननिय रामजी प्रसाद घिमिरे ज्यूबाट शिलान्यास गरीएको छ । पुल नहुँदा वडा नम्बर ११ को ढुङ्गेशेरा लगायतका गाउँ प्रभाबित थिए उक्त सडक अन्तरगत पुल बने पछि वडा नम्बर १० को हर्रे जाने सडक समेत सुचारु हुने अपेक्षा गरिएको छ ।
पूलको शिलान्यास समारोहमा माननीय रामजी प्रसाद घिमिरे, शितगङ्गा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, उप प्रमुख गिता भाट, सडक पुर्वधार विकास कार्यालय प्रमुख विनोद चौधरी, शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम बहादुर केसी, कार्यपालिका सदस्य बोम बहादुर विक, वडा सदस्य बाबुराम बिसी, समाजसेवी बसन्त श्रेष्ठ, प्रेम नारायण गैरे, ओपी पाण्डे, श्रीकृष्ण भुसाल, सन्जय राना, नारायण प्रसाद आचार्य, प्रदिप बिसी , मान बहादुर सुनारी स्थानीय सामाजिक अगुवा नेता तथा समाजसेवी , पूल निर्माणको जिम्मा लिएको लुम्बिनी कन्ट्रक्सन प्रालिका सन्चालक भरतमणी पौडेल, लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?