ढोडेकोल भर्लावास हुदै अर्घाखाँची को मुसियान जोड्ने सडक स्तर उन्नतीको काम तत्काल सुरु हुने 

 

 

विक्रम आचार्य वाणगंगा

कपिलवस्तु वाणगंगा नगरपालिका वडा वडा नं . ८ ढोडेकोल, मर्मि, भर्लावास हुदै अर्घाखाँची को गुसियान जोड़ने सडकको स्तर उन्नती तत्काल हुने भएको छ ।

 

यसै वाणगंगा क्षेत्रकै राष्ट्रिय सभा उपाध्यक्ष माननीय बिमला घिमिरेको पहलमा परेको योजना चप्परगाउँदेखि ढोडेकोल-मोर्मि-जिनुवा-भर्लावास हुदै अर्घाखाँचिको मुसिवाङ जोड्ने सडक (रु ३ करोड)को कार्यान्वयन गर्नका लागि माननीय ज्यु र स्थानीय पुर्वाधार बिकास कार्यालय बुटवलका कार्यालय प्रमुख र ईन्जिनियर सहितको अनुगमनको क्रममा।वाड अध्यक्ष बाबुराम अर्याल वाड सदस्य शैलेन्द्र बेल्वासे समाजसेबि तथा बौद्धिक ब्यक्तित्व दुर्गा प्रसाद आचार्य सहित को उपस्तिथि मा योजना परेको बाटोको स्तलगत निरिक्षण गर्नुभएको छ।

 

अब तुरुन्तै डिपिआर गरि काम अगाडि बढाइने बारे वाड सदस्य शैलेन्द्र बेल्वासेले जानकारी गराउनु भयो साथै यसरी टोल टोलका समस्या प्रती गंभिरता देखाउदै बजेट पार्नुहुने राष्ट्रिय सभाका उपाध्यक्ष माननीय बिमला घिमिरे ज्यु लाई विशेष धन्यवाद दिनुभयो।

यसरी मुख्य मार्ग महेन्द्र राजमार्ग देखि अर्घाखाँचीको दुर दराज मुसियान सम्म सडक मार्ग स्तरउन्नी गर्दै जोडिदा त्यहाका स्थानियलाई बजार सम्म जोडिन सहज हुने भएकोले स्थानिय वासिमा खुसि उत्साह थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?