अर्घाखाँचीका रुट इञ्चार्जको खराव ब्यवस्थापनले यात्रु सास्थीमा

पश्चिम नेपाल बस ब्यावसायी प्रालिका अर्घाखाँचीका इञ्चार्ज कमल क्षेत्री निर्वाचित बने पछि बस ब्यवस्थापमा झनै समस्या देखिएका छन । चाँडपर्वमा यो कमजोर ब्यवस्थापन सडक भरी छताछुल्ल भयो । शितगंगा क्षेत्रबाटै यस जिल्लाको इञ्र्चाज बने पछि यहाँका यात्रुको समस्यामा समाधान हुनेमा शितगंगा लगायत नरपानी देखि यताका यात्रु आसाबादी थिए तर उनि इञ्चार्ज बने पछि यस क्षेत्रका यात्रुले सजिलै यात्रा गर्न समेत सकेका छैन्न ।

यस अघि निरन्तरमा रहेका बसहरुको समेत नम्बर काटे पछि अहिले चाँडपर्वमा यस क्षेत्रका यात्रु बिहान देखि साँझ सम्म सडकमा बस्न बाध्य छन बिहानमा छुट्ने अधिकांस बसहरु अहिले नम्बर काटिएको छ । बिहानमा बसहरु नछुट्दा सडकमा यात्रुको चाँप बढने गरेको छ अधिकांस सवारीमा सन्धिखर्कबाटै यात्रु भरिएर आँउदा यताका यात्रु अलपत्र परेका छन ।

रुट इञ्चार्जले सडकमा यात्रा गर्ने यात्रुको सहजताको कामगर्ने यात्रुहरुलाई बसमा आर्कषण गर्नु पर्ने र गुनासाहरु आउन नदिनु पर्नेमा झनै बिबादित बनेका छन । हाल शितगंगाबो बस काउण्डर रहेको अमराइमा पहिलो बस नै १० बजे सम्म आउदैन यात्रु बाटैभरि हुन्छन अन्य साना गाडीहरु अधिकांस प्याक हुन्छन बसहरु समेत अत्याधिक यात्रु सहित आँउदा युवाहरु कष्टैले जान सके पनि बालबालिका जेष्ठनागरिक अशत्त अपांगहरुका लागि भने पुर्ण रुपमै यात्रा गर्न बन्देज जस्तै भएको छ ।
यता शितगंगाका युवा कल्व तथा बिभिन्न संघ सस्थाहरुले यात्रुको अपपत्रले गर्दा यस क्षेत्रका लागि अनिर्वाय सिट आरक्षणको माग गर्नु पर्ने अन्यथा सिट क्षमता भन्दा बढी यात्रु रहेका प्रहरी चौकीमै बसे यात्रु उर्ताने र अको ब्यवस्था गरेर लैजानु पर्ने गरि सवारी अनुगमन गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?