विक्रम आचार्य शितगंगा अर्घाखाँची,
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका मा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख छविलाल पौडेलको अध्यक्षता उपप्रमुख गिता भाट प्रमुख प्रशासकिय प्रमुख कृष्ण सापकोटाको विशिष्ट आथिथ्यता वडा अध्यक्ष कार्यपालिका सदस्य जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि राजनितिक दल तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरको कार्य सम्पादन सहितको प्रगर्ति प्रतिवेदन योजना शाखा प्रमुख नुमलाल खनालले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नगरप्रमुखसहित सम्बन्धित शाखाका प्रमुखहरूले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा सम्पन्न भएका योजना, बजेट खर्च तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य विकास निर्माणसँग सम्बन्धित विषयमा प्रश्न, सुझाव तथा गुनासा राखेका थिए। सहभागीका जिज्ञासाहरूमा नगरप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले जवाफ दिएका थिए।
कार्यक्रम शितगंगा नगरपालिकाको आयोजना वर्षा मिडिया प्रालिको समन्ययमा सम्पन्न भएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहको काम कारबाहीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम वर्षा मिडिया प्राली को तर्फवाट सूर्य भुसाल नेत्र मरासिनीले पालिकामा रहेको वस्तु स्थितीको सर्वेक्षण रिपोर्ट प्रस्तुत गर्नु भएको थियो सञ्चालन विक्रम आचार्यको रहेको थियो ।







