जिल्ला ट्राफिक कार्यालयले टिप्परहरुका लागि समय कार्ड लागू गरेको छ । आज अस्थायी ट्राफिक पोस्ट ठाडाले टिप्परहरुलाइ कार्ड बितरण गर्दै समयकार्ड लागू भएको जानकारी दिएकाे छ । अस्थायी ट्राफिक पोस्ट ठाडाका प्रमुख सोम राज हमालले समयकार्ड चालकलाइ दिँदै सबारी चालकले नियम पालना गर्नु पर्ने बताउनु भयो । नियम पालना गर्न लागू गरिएकोले सबै चालक तोकिएको समय अनुसार सवारी चलाउनु पर्ने बताउनु भयो । नरपानी पथ्थरकोट सम्म नरपानी ,ठाडा र पथ्थरकोटले कार्ड चेक गर्ने गरि तयार गरिएको छ । समयकार्डमा लोड गाडि नरपानी देखि पथ्थरकोट प्रति घण्टा २० किमिका दरले ४ घण्टन समय निर्धारण गरिएको छ भने खाली गाडिको समय २:३० मिनेट निर्धारण गरिएको छ । यदि कुनै सवारीले नियम उल्लघन गरेको पाइएमा नियम अनुसारको जरिवाना गरिने कार्डमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गत असारमा निर्णय गरे पनि करिव ११ महिना पछि मात्र नियम लागू गरेको छ ।
सर्वसाधारणले भने प्रहरीले लागू गरेको नियमको पालना हुनेमा संका गरेका छन कागजी प्रकृयामात्र हुने भन्दै आलोचना गरेका छन । यश अघि पनि कार्ड लागू गरिएको भए पनि सफल कार्यान्वयन हुन सकेको थिएन केही समय टिप्परहरुमा कार्ड लागू गरे पनि निरन्तरता पाएको थिएन । अब बर्खा लाग्ने समय भए पछि प्रहरीले देखाउन मात्र यो काम गरेको गुनासा जनताका छन अब पानी परे पछि केही समय चुनढुङ्गा खानीनै बन्द हुने समयमा कार्ड लागू गरिएको भन्दै गुनासो गरेका छन । यस्तै टिप्पर चालकहरुले तिव्र गतिको समयकार्ड अन्यदसवारीमा पनि लागू गर्नु पर्नेबताउने गरेका छन यात्रु बोक्ने इभि र हाइसको समेत समय कार्डलागु गर्न चालक सुरेन्द्र रानाले आग्रह गर्नु भयो । नियम सबैमाबराबर हुनु पर्नेटिप्पर चालकहरुको मागछ । यता जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले देखावटी रुपमा मात्र नियम बिपरितका सवारीलाइ रोक्ने कारवाही गर्ने गरेका छन केही दिन अघि १० चक्के सवारी ओवरलोड रोक्न केही समय प्रहरीले रोके पनिअहिले निर्वाद सञ्चालनमा छन यस्तै टिप्परहरुको ओवरलोड समेत प्रहरीले मतलव नगर्दा प्रहरीको मिलोमतो र प्रलोभनमा ओवरलोट टिप्पर नियन्त्रण हुन नसेको गुनासो जनताको छ ।
टिप्परहरुको समयकार्ड लागू कार्यन्वयनमा आशंका
प्रतिक्रिया