शितगंगा महोत्सवमा कृषि उत्पादन प्रर्दशनी हुने उत्कृष्टहरुलाई पुरस्कार हुने

यहि पुस ९ गते बाट सञ्चालन हुन लागेको चौथो शितगंगा महोत्सवमा कृषि उत्पादन प्रर्दशनी हुने भएको छ । शितगंगा नगरपालिकाले बिभिन्न बिधामा कृषिको उत्पादन प्रतिस्पर्धा गराएर पुरस्कार तथा सम्मान गर्ने भएको हो । नगरपालिकाले बिभिन्न बिधा तोकि कृषकहरुलाई प्रर्दशनीमा सहभागि हुन अनुरोध गरेको छ ।

महोत्सवमा कृषि उत्पादनका स्टलहरुलार्ए निशुल्क समेत गरिएको छ । किसानहरुलाई प्रोत्शाहन गर्ने उदेश्यले महोत्सवमा कृषि प्रर्दशनी राख्न लागिएको शितगंगा नगरपालिकाको कृषि बिकास शाखाले जानकारी गराएको छ यसका साथै नगरपालिकाले कृषि प्राबिधिक सेवा माटो परिक्षण पशुको ल्याव सञ्चालन पनि महोत्सव गर्ने भएको छ ,

सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ तयारी अन्तिम अबस्थामा पुगेको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवका लागि प्रचार प्रसार तथा स्थल निर्माणको काम धमाधम भइरहेको छ । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय बढि स्टल बुुकिंङ भइसकेको मेलाका निर्देशक सुशील केसीले बताउनु भयो ।

महोत्सवमा यश पटक रु १०० को टिकट रहने उद्योग बाणिज्य सैघका महासचिव डिल बहादुर गुरुङले जानकारी दिनु भयो साथै ७० बर्ष माथीका जेष्ठ नागरिकले निशुल्क प्रबेसको ब्यवस्था रहने गुरुङले बताउनु भयो ।
यस्तै महोत्सवलाई आकर्षक बनाउन अर्घाखाँचीमै पहिलो पटक स्टिमर डुंगाको मजा जिल्लाबासीले लिन पाउने उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष अर्जुन बुढा मगरले बताउनु भयो । विश्व सिमसार क्षेत्र जंगदिसपुरको स्टिमर डुँगाको मजा डमरु दहमा हुने बुढा मगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?