गत सनिवार साझँ पानी सँगै आएको हावाहुरीले शितगंगा १ मा बिभिन्न घरमा क्षति पुराएको छ । हुरीले मन्दे्र,सुवर्णखालमा १२ घरका धुरीनै उडाएको छ। बर्खा आए पछि घर पुर्ण क्षति भए पछि स्थानिय पिडित बनेका छन । वडा अध्यक्ष मान बहादुर सिंजापतिले २० गते बिहानैबाट पिडितहरुको बिबरण संकलन तथा प्रहरी मुचुल्का बनाएर सहयोगका लागि सिफारिस गरि सक्नु भएको छ । अन्य वडाहरुमा समेत हाबाहुरीले क्षति पुराएको छ वडा नम्बर १४ मा स्कुलको छत उडाएको छ भने जनताका घरमा समेत क्षति भएको छ वडा नम्बर २ मा समेत ३ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरिक्षक शालिकराम खनालले जानकारी दिनु भयो । पिडितहरुो समयमै उद्धार र राहतको लागि नगरपालिकामा वडाहरुले बिबरण पठाइसकेका छन तर जिल्ला प्रशासन तथा नगरपालिाकाले तुरुन्त राहत उपलब्ध नगराएमा बर्खामा पिडितहरुले अप्ठेरोमा पर्ने भएकोले तुरुन्त उद्धारमा सहयो गर्न पर्ने पिडितको भनाइ रहेको छ । बिवतमा परेकाहरुलाई प्रकृतिहेरेर जिल्ला प्रशासन कार्यलयले आर्थिक सहयोग गर्ने गरेका छ भने नगरपालिकाले समेत मुचुल्काका आधारमा आवस्यक सहयोग गर्ने गरेको छ । 







