३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

शितगंगामा हस्तकलाका विभिन्न सामाग्रि उत्पादन सम्बन्धी १० दिने पुनर्ताजगी तालिम सम्पन्न

विक्रम आचार्य, शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं . ६ मा प्राकृतिक रेशाजन्य बनस्पती थाकलको पात बाट हस्तकलाका विभिन्न सामाग्रि उत्पादन सम्बन्धी १० दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
स्थानिय स्रोत र साधन रोजगारी सृजनाको प्रमुख आधार भन्ने मुल नारा सहित सामाजिक डिभिजन कार्यलय तौलिहवा कपिलवस्तु को आयोजना ओम राजश्री मल्टी एग्रो प्रा लि काठमाण्डौ को प्राविधिक सहयोग शितगंगा नगरपालिकाको समन्वय मा २०८१ बैसाख २५ देखि जेष्ठ ३ गते सम्म संचालन भई समापन भएको हो।

वडा नं .६ का वडा अध्यक्ष ऋषि रेश्मीको अध्यक्षता नगर प्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्यतामा ,उप प्रमुख गिता भाट ,प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती नगर प्रमुख छविलाल पौडेलले सबै व्यावस्थापन नगरले गर्ने शिप सिकाउने पनि गर्ने तर हजुरहरुले उत्पादनमा जोड दिनु हुन अनुरोध गर्नुभयो ।
उप प्रमुख गिता भाटले उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित सामान नगरपालिकाले बाहिर लगेर बेच्ने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले उत्पादित उत्पादन नगरमा ल्याउनु पैसा लियर जानु विक्रिको समस्या नहुने बताउनु भयो ।शितगंगाको पहिचान यसै स्थानिय स्रोत साधन वाट बनेको टोपि झोला वाट विश्वमा पहिचान बनाउने दिदि बहिनी लाई स्वरोजगार बनाउने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सम्पूर्ण सहभागि र प्रसिक्षक लाई प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ ।

वडा सदस्य सूर्य सारुको स्वागत मन्तव्य र वडा सचिब हिमाल भुसाल को सञ्चालनमा कार्यक्रममा कार्यपालिका सदस्य कमला परियार वडा सदस्य सूर्य सारु , कुशुभ थापा लगायत समाजसेवी पत्रकारको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?