अर्घाखाँचीका स्थानिय तहमा १० करोड बेरुजु

अराज बेल्बासे जेठ १५ अर्घाखाँची / अर्घाखाँचीका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा १० करोड ३२ लाख ८ हजार रुपैयाँ रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
जिल्लाका ६ स्थानीय तहको ११ अर्ब २० करोड ९८ लाख ४८ हजार रुपैयाँ लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीमा प्रतिशतको आधारमा आव २०७९/०८० मा शितगंगा नगरपालिकामा सबैभन्दा बढी र सन्धिखर्क नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । शितगंगा नगरपालिकामा १ दशमलव ४६ प्रतिशत र सन्धिखर्क नगरपालिकामा शुन्य दशमलब ४१ प्रतिशत बेरुजु रहेको छ । गत बर्ष शितगंगा नगरपालिकामा ४ करोड ८८ लाख ९५हजार बेरुजु रहेको थियो यस बर्ष उत्त बेरुजु २ करोड ९२ लाख ६६ हजार मा पुगेको छ । गत वर्ष सन्धिखर्क नगरपालिकामा १ करोड ६ लाख ८९ हजार बेरुजु आएको थियो यस बर्ष ९५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै भुमिकास्थान नगरपालिकामा ०.८६ प्रतिशत १ करोड ६६ लाख ३३ हजार, मालारानी गाउँपालिकामा १.४५ प्रतिशत २ करोड ४८ लाख ६२ हजार , पाणिनी गाउँपालिकामा शुन्य दशमलव ६१ प्रतिशत १ करोड ३ लाख ६ हजार, छत्रदेव गाउँपालिकामा शुन्य दशमलव ८५ प्रतिशत १ करोड २५ लाख ६८ हजार बेरुजु छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा बेरुजु अधिकतम रुपमा घटेको देखिन्छ । गत आ.व. ०७८/७९ मा बेरुजु रकम १८ करोड ४ लाख ८३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?