अराज बेल्बासे जेठ १५ अर्घाखाँची / अर्घाखाँचीका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा १० करोड ३२ लाख ८ हजार रुपैयाँ रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
जिल्लाका ६ स्थानीय तहको ११ अर्ब २० करोड ९८ लाख ४८ हजार रुपैयाँ लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीमा प्रतिशतको आधारमा आव २०७९/०८० मा शितगंगा नगरपालिकामा सबैभन्दा बढी र सन्धिखर्क नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । शितगंगा नगरपालिकामा १ दशमलव ४६ प्रतिशत र सन्धिखर्क नगरपालिकामा शुन्य दशमलब ४१ प्रतिशत बेरुजु रहेको छ । गत बर्ष शितगंगा नगरपालिकामा ४ करोड ८८ लाख ९५हजार बेरुजु रहेको थियो यस बर्ष उत्त बेरुजु २ करोड ९२ लाख ६६ हजार मा पुगेको छ । गत वर्ष सन्धिखर्क नगरपालिकामा १ करोड ६ लाख ८९ हजार बेरुजु आएको थियो यस बर्ष ९५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै भुमिकास्थान नगरपालिकामा ०.८६ प्रतिशत १ करोड ६६ लाख ३३ हजार, मालारानी गाउँपालिकामा १.४५ प्रतिशत २ करोड ४८ लाख ६२ हजार , पाणिनी गाउँपालिकामा शुन्य दशमलव ६१ प्रतिशत १ करोड ३ लाख ६ हजार, छत्रदेव गाउँपालिकामा शुन्य दशमलव ८५ प्रतिशत १ करोड २५ लाख ६८ हजार बेरुजु छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा बेरुजु अधिकतम रुपमा घटेको देखिन्छ । गत आ.व. ०७८/७९ मा बेरुजु रकम १८ करोड ४ लाख ८३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।
अर्घाखाँचीका स्थानिय तहमा १० करोड बेरुजु
प्रतिक्रिया