नयाँ टावर थप गर्न स्थलगत अनुगमन

नेपाल टेलिकम अर्घाखाँचीका कार्यलय प्रमुख गोबिन्द पराजुली सहित शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षले नेपाल टेलिकमको टावर उपलब्ध नभएको स्थानमा अवलोकन गर्नु भएको छ । वडा नम्बर ३ को कोल ,पखेरे, टाकुरा ,माथिल्लो पदमे लगायतका स्थानमा नेटर्वकको समस्या स्थानियले झेली रहेका छन । वडा अध्यक्ष चिन्ताराज अधिकारीले नयाँ टावर निमार्णको लागि सो क्षेत्रको अनुगमन गर्न कार्यलय प्रमुखलाई अनुरोध गरे पछि कार्यलयको टोलीले स्थलगत अनुगमन गरेको हो । नयाँ टावर थप गरेको सो स्थानका जनता लाभाम्बित हुने अधिकारीले बताउनु भयो । अहिलेको अबस्थामा समेत नगरपालिका नजिकै नेटर्वक समस्या हुनु दुखत रहेकोले नयाँ टावर थप हुनेमा आसावादी रहेको वडा अध्यक्ष अधिकारी बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको वडा बिभाजन प्रस्ताव यस्तो छ वडा गत बिबरण

छुटाउनुभयो कि ?