न्यजपाना , शितगंगा
शितगंगा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे नगर कमिटी गठन भएको छ । शितगंगा नगरपालिका ठाडा डमरुदहको सामुदायीक भवनमा भएको पहिलो नगर भेलाले सभापतीमा कमल पौडेललाई चयन गरेको छ ।
कमिटीको उप सभापतीमा श्रीधर भुसाल, नगर कमिटि सदस्यहरु कृष्ण प्रसाद घिमिरे , प्रदिप पौडेल, लोकमणी अधिकारी , ढुण्डिराज न्यौपाने , चिरन्जीवि अर्याल,शंकर भुसाल, नारायण न्यौपाने , नारायण बहादुर घर्ति, ऋषिश्वर भाट र घनश्याम पौडेल रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय सदस्य क्रान्तिशिखा धितालले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता आचरण, व्यवहार र कार्यशैलीका हिसावले पनि फरक हुनुपर्ने बताउनु भयो ।