२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

नेकपा एमाले अर्घाखाँचीको नवौ अबिधेसनको लागि जिल्लाभरिबाट प्रतिनिधी छनोट

नेकपा एमाले अर्घाखाँचीको नवौ अबिधेसनको लागि जिल्लाभरिबाट प्रतिनिधी छनाट भएका छन । एमालेको प्रतिनिधीमा दलित, महिला र युवा सहित वडाहरुबाट छनोट भएका छन । जिल्लाका ६१ वडामा एकै पटक प्रतिनिधी छनाट भएका हुन । जिल्लाभरबाट ४६१ जना प्रतिनिधीहरु अधिबेसन प्रतिनिधीको रुपमा छनोट भएका छन भने १०७ जना आयोजक कमिटी गरि ५६८ जना प्रतिनिधीहरु अधिबेसनमा हुने छन ।

अधिबेसनमा प्रतिनिधी छनोटमा बिभिन्न भातृ संगठनहरुलाई समेत समेटेर छनोट गरिएको छ ।यता शितगंगा नगरपालिकाबाट ६० जना प्रतिनिधी छनोट गरिएको सचिव ऋषि घिमिरेले जानकारी दिनु भयो । नगरपालिकाबाट पाटी संगठित सदस्यताको आधारमा १३ जना दलित १४ जना युवा सहित ६० जना प्रतिनिधी छनोट भएको नगर सचिव घिमिरेले जानकारी दिनुभयो ।

नवौं जिल्ला अधिवेशनको तयारी गरेको एमालेले ‘लोगो’ सार्वजनिक गरेको छ । अधिवेशनलाई पर्वको रुपमा मनाउन तथा कार्यक्रमलाई भव्य र आकर्षक बनाउन जिल्लाको छुट्टै लोगो बनाएर सार्वजनिक गरिएको एमाले कार्यालय सचिव लिला बिकले जानकारी दिए । पार्टी कार्यालय सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरिएको थियो । जिल्लाको पहिचान हुने ऐतिहासिक तथा धार्मिकस्थल र पार्टीको चुनाव चिह्न, झण्डा राखेर लोगो बनाईएको छ । नेकपा एमाले अर्घाखाँचीले यही जेठ २६ र २७ गते जिल्ला अधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?