शितगंगा नगरपालिकाले बार्षिक उत्पादनमा आधारित अनुदानमा करिव १ करोड रकम बितरण गर्ने गरेको छ । नगरपालिकाले सहकारीको र वडाको सिफारिसमा रकम दिने गरेको छ । यस अघि सहकारी मार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस बढि गरेको भन्दै बिरोध भए पछि अहिले किसानको खातामा रकम राख्ने निर्णय भएको छ ।नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन पशुमा प्रतिकिलो ५० रुपिँया र तरकारी ,केरा, बेसारमा प्रति रोपनी ५ हजार तथा कागती एभोकाडो ,कफि ,किभी लगायतका बिरुवामा प्रति बिरुवा रु १ सय दिने निर्णय गरेको छ सोहि अनुसार यो बर्ष पनि १ करोड ३० लाख बराबरको सिफारिस नगरमा आएको छ ।
नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसको आधारमा अनुगमन सुरु गरेको छ । अनुगमनको क्रममा सहकारीले सिफारिस गरेका कृषकहरुको बिवरण अनुसार नभएको पाइएको छ भने कागती लगायतका बिरुवामा लगाएकै आधारमा एकै बिरुवालाइ हरेक बर्ष अनुदान दिने गरिएको पाइएको छ ।नगरले बिरुवाको आधरमा अनुदान दिने भए पछि बिरुवा लगाएर छाडेर मात्रै पनि हरेक बर्ष अनुदान दिने गरे पछि लगाएर छाडेकै भरमा अनुदान लिने गरेको भेटिएको छ । सोहि क्रममा शितगंगा नगरपालिकाका उपमेयर गीता भाटको नेत्तृत्वमा वडा नम्बर ९ मा अनुगगमन गरिएको छ ।
आर्थिक समितिका संयोजक बोम बहादुर बिक,पशुशाखा प्रमुख गणेश थापा ,योजना शाखा प्रमुख नुमलाल खनाल ,प्राबिधिक नारायण पाण्डे, तेज बेल्बासे अमिन गोर्कड जोशी,कृषि शाखाका चन्द्रिका पाल लगायतले कृषि तथा पशु पालन क्षेत्रको अनुगमन गरिएको हो । अनुगमनका क्रममा उमपेयर भाटले कृषकहरुलाइ उत्पादनमा जोड गरि आम्दानी बढाउन अनुरोध गर्दै बजारिकरणमा भएका समस्याको बारेमा किसान सँग जानकारी लिँदै भएका उत्पादन बजार सम्म पुराउन कृषि संकलन केन्द्र समेत सुचारु हुन लागेकोले बजारिकरणमा नगरपालिकाले प्राथमिकता दिने बताउनु भयो ।
शितगंगा नगरपालिकामा यो बर्ष १ करोड ३० लाख मुल्य बराबरको उत्पादनमा आधारित अनुदानको माग गरिएको छ । नगरपालिकाले ८० लाख बजेट उत्त सिर्षकमा बिनियोजन गरेको छ । अनुगमनको क्रममा लगातार ४ बर्ष सम्म एकै खेतीको बेसारबाट समेत अनुदान लिने गरेको भेटिएको छ । बेसार खेती गरेका केही ब्यत्रिले ४ बर्ष देखि बेसार नखनेर एकै खेतीबाट अनुदान लिने गरको भेटिएको हो ।
अनुगमनको क्रममा किसानहरुले किसानको उत्पादन नगरपालिकाले खरिदको बातावरण मिलाउनु पर्ने माग गरेका छन शितगंगा ९ का कृषक कुवेर पल्लीले बजारको लागि भालुवाङ, चन्द्रौटा लानु पर्ने र मुल्य समेत नपाउने भएको गुनासो गर्दै बजारिकरणमा सहयोग गर्न अनुरोध गर्नु भयो । । दुख गरेको खेती बजार नपाउदा बिग्रने कुहिने गरेकोले उत्पादाको आधारमा भन्दा किसानको उत्पादन भएको सामाग्री बिक्री गर्न सहज गराउने र नगरले बिक्रीमा अनुदान दिएमा सहज हुने किसानको माग छ । बेसार खेतीमा नगरपालिकाले अनुदान दिए पछि बेसार खेती गरे पनि ब्यापार नभएको पाँकुरीका किसानले गुनासो गरे ।अनुगमन पछि अनुगमन टोलीले अनुगमनको आधारमा कार्यपालिकामा प्रतिवेदन पेश गर्ने बताएका छन ।अनुगमन संयोजक बिकले अनुगमनको रिर्पोट र काम नगरि अनुदान भर्नेहरुको अनुदान कटौती हुने बताउनु भयो । जुन अबस्थामा रहेको छ त्यही आधारमै अनुदान प्रदान गर्न कार्यपालिकामा निर्णय गराउने बिकले बताउनु भयो ।