शितगंगा नगरपालिका वडा नम्बर ७ मा मा तरकारीमा राख्ने बिषादी सेवन गर्दा गम्बिर घाइते भएका वृद्धको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर ७ मगराकल्लेरीका ६० बर्षिय खुम थापाले कार्तिक २९ गते भाईटिकाको दिन तरकारीमा राख्ने बिषादी सेवन गरि गम्भिर रहेका उनलाई परिवारले उपचारको लागि मेडिकल कलेज भैरहवा गएका थिए उनको यपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।