अराज बेल्बासे कपिलबस्तु /बाणगंगा नगरपालिका कपिलबस्तुमा अन्य स्थानिय तहको तुलनामा बिकशित मानिन्छ भने आम्दानी र सिस्टममा पनि अगाडी रहेको नगरका जनप्रतिनिधी कर्मचारीले चर्चा गरिरहेका हुन्छन । बाणगंगा नगरपालिकाले आन्तरिक राजस्व संकलनमा पनि राम्रै छबि बनाएको छ तर यति बेला बाणगंगा नगरपालिकाले अहिले घुमाउरो तरिकाले लाखौ रुपिया राजस्व छुट दिन खोजेको आंशंका छ । अहिले जितपुरमा कपिलबस्तु महोत्सव सञ्चालन भइरहेको छ नगरपालिकाले उत्त महोत्सव हेर्न भन्दै बिद्यालय समेत १ दिन बिदा दियो तर नगरपालिकाले महोत्सवमा खाद्यान्न गुणस्तर देखि मुल्य निर्धारण सम्ममा कुनै चाँसो दिएको छैन ।
नगरपालिकाले आर्थिक ऐन २०७७ जारि गरिसकेको छ सोहि अनुसार नगरपालिकाले बार्षिक करोडौ राजस्व संकलन गर्ने गर्छ तर महोत्सव सञ्चालनमा भने के ब्यस्था भइरेको छ भन्ने जिज्ञासामा नगरपालिकाका मेयर चक्रपापाणी अर्यालले आफु जिल्ला बाहिर रहेको भन्दै राजस्व शाखामा पत्र तयार गरि आयोजकलाई नियम अनुसार तिर्न अनुरोध गर्नेे बताए यता राजस्व शाखाका एक कर्मचारीले नियम अनुसारको राजस्व लिने गरि छलफल अनौपचारिक मात्र भएको अब त्यसबारे नगरमा छलफल गराउने बताए । नगरपालिकाको आर्थिक ऐन २०७७ मा बिज्ञापन कर र मनोरञ्जन कर अन्तरगत बिभिन्न र्सिषकमा महोत्सवबाट राजस्व उठाउनु पर्नेमा अहिले सम्म आयोजकलाइ पत्र समेत पठाएको छैन ।
बाणगंगा नगरपालिकाको आर्थिक ऐन अनुसार नगरपालिका भित्र हुने मनोरञ्जन कार्यक्रम अनुसुची ७ अनुसार र प्रदेश सरकारबाट तोके बमोजिक कर उठाउने र असुल उपर गरिने भनिएको छ साथै यस्ता कार्यक्रमा दर्शकले काट्ने टिकटमा ३ प्रतिशत मनोरञ्जन कर लाग्ने ब्यवस्था रहेको छ सोहि अनुसार महोत्सवमा लाखौ टिकट कट्ने गर्छ उत्त रकमको ३ प्रतिशत राजस्व नगरलाइ बुझानु पर्ने छ । यस्तै स्टलहरुले समेत घुम्ति पसलको रुपमा तोकिएको राजस्व तिर्नु पर्छ । नगरपालिकाका एक कर्मचारीले बताए अनुसार राजस्व छुट दिने उदेश्यले नगरपालिकालाई नै सहआयोजक बनाइ आयोजकको रुपमा राखेर छुट गराउन खोजेको हुन सक्ने आशंका ब्यत्त गरे ।