जन्मदिनमा विद्यार्थीलाई सहयोग

शितगंगा नगरपालिका–९, छहरेका डिलाराम अधिकारीले आफ्नो ७५ औँ जन्मदिन सामाजिक कार्यमार्फत विशेष तरिकाले मनाउनुभएको छ। उहाँले आफू संस्थापक अध्यक्ष रहेको छहरेको शान्ति आधारभूत विद्यालयमा जन्मदिन मनाउँदै सम्पूर्ण विद्यार्थीहरूलाई पोसाक, टोपी, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

सो अवसरमा वडा नम्बर ९ का अध्यक्ष भिम केसी, वडा नम्बर १० का अध्यक्ष केशव बेल्बासे, शिबराज नगरपालिकाका पूर्व मेयर नेत्रराज अधिकारीलगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले डिलाराम अधिकारीले जन्मदिनजस्तो विशेष दिनमा विद्यार्थीहरूको सहयोगका लागि देखाउनुभएको पहलको प्रशंसा गरेका छन्।

कार्यक्रममा वक्ताहरूले वडा नम्बर ९ मा भएको विकासको प्रशंसा गर्दै विद्यालयको हालको अवस्था र निर्माणकार्यको प्रगतिबारे चर्चा गरेका थिए। विद्यालय, जुन अझै जीर्ण अवस्थामा छ, हाल निर्माणाधीन रहेको जानकारी दिइयो।स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूले अधिकारीको योगदान र सामाजिक भावना अनुकरणीय भएको बताउँदै यस प्रकारका कार्यहरूले शैक्षिक विकास र बालबालिकाको प्रोत्साहनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।

आफ्रले स्थापना गरेको बिद्यालय अहिले नयाँ भवनहरु निमार्ण हुँदै गरेको गोरेटो बाटाहरु गाडी हिड्ने बाटो भएको घरघरमा बिजुली जस्ता बिकासका कार्यले जन्म ठाँउ आर्कषित बनेको भन्दै अधिकारीले यो क्षेत्रको बिकासका लागि अरु समयमा पनि निरन्तर हातेमालो गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?