सडकमा गुड्ने सवारीहरु प्राय प्रहरी सँग डराउछ अधिकांस सवारीले तोकिएको नियम भन्दा बाहिर हुन्छन । अर्घाखाँचीमा डवल क्याप तथा सिंगलक्यापले आधा सामान राख्दा पनि गाडीले तोकेको भार क्षमता भन्दै पटक पटक कारवाही हुने गरेको देखिन्छ कहिले काही सिट क्षमता भन्दा बढी बोक्ने बस ,हाइस पनि कारवाही गरेको जस्तो गरेको देखिन्छ तर प्रहरी प्रशासनकै कमजोरी र लापरवाहीले दुर्घटना पनि हुने गरेका छन
केही दिन अघि शितगंगा ३ मा टिप्पर दुघटना भयो घुम्टीमा ओभर स्पिड र ओवरलोडको ट्रक बिग्रनुकै कारणले उत्त दुर्घटना भएकोमा संकै छैन घुम्टीमा समेत दुर्घटना हुने गरि हुइकने टिप्परले कयौ दुर्घटना निम्ताउछन तर अहिले सम्म तिर्व गतिका कारण कुनै कारवाही भएको पाइदैन केही दिन अघि प्रहरीले एक नाटक पनि सुरु गरेको थियो टाइम कार्ड नामको मात्र उत्त नियम अहिले किन रोकियो प्रशासनले जानोस ।
अर्घाखाँचीमा नयाँ ट्राफिक इन्र्चाज आए पछि पुन गाडी धनीले सास्ती खेप्न थालेका छन गाडीवाला उनिहरुकै भाषामा यसलाई नयाँ सेटिङ नमिलेको भन्छन यस्तै केही दिन अघि सम्म इलाका प्रहरी कार्यालय ठाडाले समेत टिप्परबाट ढुंगा झार्न थालेको थियो कमै हुँदा पनि झार्ने गरेको ठाडाले अहिले भने ढालामाथी सम्मै राख्दा उकालोमा ढुंगै झार्दै टिप्पर हिड्छन ओवरलोडको कारण भन्दै एम्बुलेन्स समेतले साइड पाउदैन तर प्रहरीले सवारी नियम र ऐन आफु सँग मन नमिले मात्र देखाउने गरेको छ सवारी नियम उल्लघनमा ५०० देखि १०००० सम्म जरिवाना हुन्छ तर २ सिट क्षमता भएको टिप्परले ७÷८ जना कोचेरै राख्दा पनि प्रहरी मुखर्दशक हुन्छन ।
जिल्ला प्रहरी कार्यालयका डिएसपिलाई ओवरलोड र १० चक्के सवारीले ढुंगा बोकिरहेको बारे जानकारी गराउदा पथ्थरकोटको नाकामा भन्न सुझाव दिन्छन यसले पनि प्रहरी ओवरलोड टिप्पर माथी कति सहज छ भन्ने उदाहरण हुन सक्छ अहिले शितगंगामा डम्पिङ गरि १० चक्के सवारीले खुलेयाम बोकी रहेको छ भर्खर निमार्ण भएको कालोपत्रे सडक यसले बिग्रान सुरु गरी सकेको छ निमार्ण कम्पनीले समेत निमार्ण अबस्थामै रहेकोले ओवरलोड सवारी सञ्चालनमा रोक निबेदन दिए पनि यसको सुजनुवाइ भइको छैन अन्य साना सवारीलाई ओवरलोडको बहानामा दुख दिने प्रशासनले सबै लाई समान ब्यवहार गर्न नसकेको गुनासो छ ।