अर्घाखाँची जिल्ला को शितगङ्गा नगरपालिका वार्ड नम्बर १२ स्थित रहेको डोहोटे सामुदायिक बन उपभोक्ता हरुले बन डढेलो नियन्त्रण गर्नका लागि अग्नि रेखा निर्माण गर्ने पात पतिङगर ब्यबस्थापन गर्न सुरु गरेको छ ।
उपभोक्ता समुहका अध्यक्ष रेसमराज बन्जाडेको नेतृत्वमा यो अभियान सुरु गरिएको छ । बनमा आगोलागि हुन नदिन र भइहालेमा ठूलो क्षति नहोस भनेर अग्निरेखा बनाउन लागिएको हो अभियानमा समुहका सबै पदाधिकारी सदस्य उपभोक्ता हरु सहभागी छन ।
वन उपभोक्ता समिति आगलागी नियन्त्रणमा सचेतिकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रमा फोकल टिम गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्निरेखा बनाउने काम भइरहेको छ ।
खडेरीसँगै सुख्खा मौसममा वन जंगलमा लाग्ने आगलागी न्यूनीकरणका लागि अभियान थालिएकाले केही कमी आउने विश्वास छ।