चन्द्रौटामा घरमा चोरी गरेका ब्यक्ति प्रहरीले पक्राउ

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो । फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास सञ्चालन गरेको थियो ।

अनुसन्धानकै क्रममा लमही नगरपालिका–४ अर्नवा निवासी ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई शिवराज नगरपालिका–१ बनकट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

शंकास्पद अवस्थामा फेला परेका ठकुरीसँग गरिएको सोधपुछमा उनले चोरी गरिएका गरगहना आफ्नै घरमा लुकाएर राखेको स्वीकार गरेका थिए ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुको अनुमति प्राप्त गरी अभियुक्तलाई ८ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?