२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

ठेक्का लगाउन सितगंगा नगरपालिका खोलाहरुको संयुक्त अनुगमन

न्यूज पाना
२०८० कार्तिक २ गते ०

भौगोलिक रुपमा सबै भन्दा ठुलो स्थानीयतह शितगंगा नगरपालिका भित्र पर्ने चुरेक्षेत्र भित्रका खोलाहरुको संयुक्त अनुगमन गरिएको छ स्थानीय नगरपालिकाबाट आइइइ भएका चुरेमा सहमति माग्ने प्रयोजनका लागी रास्ट्रपति चुरे संरक्षण समितिमा सहमति मागगरि ठेक्का ब्याबस्थापन कार्यका लागी अनुगमन प्रतिबेदन पेश गरिने छ।

सोमबार जिल्ला अनुगमन समितिका जिल्ला संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलिले शितगंगा नगरपालिका क्षेत्र भित्रका खोरमोर,बाणगंगा, भङ्गला ,कोन्द्रे,गुडुङ, रनसिंह , राप्ती लगायतका खोलाहरुको अनुगमन गरेको छ ।

अनुगमन टोलिमा शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल ,नगर उपप्रमुख गिता भाट ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , डिभिजन बन अधिकृत यादब सापकोटा , निमित्तजिल्ला समन्वय अधिकारी बाबुराम थापा, प्रहरी निरीक्षक ऋषिराम घर्ती मगर ,शितगंगा नगरपालिकाका अधिकृत नुमलाल खनाल,इन्जिनियर नारायण पान्डे,जिसस नायबसुब्बा बिनोद कुवर, शितगंगा नगरपालिका राजस्व शाखाका प्रतिनिधि कमल पन्थी ,नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनाल , नारायण अधिकारी,पारश भट्टराई , मधुसूदन खनाल स्थानीय वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

अनुगमनको क्रममा बिभिन्न खोलामा नदिजन्य पदार्थ ननिकाल्दा खोलाको धारनै परिर्वतन हुन सक्ने देखिएकाले बस्ती तथा बन क्षेत्रको कटान जोखिम रहेको क्षेत्रमा सम्बन्धित कार्यलयको समन्वयमा प्रतिबेदनमा उल्लेख भए अनुसारको सामग्री निष्कासन गर्न चुरे कार्यालय सँग माग गरिने नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।

अनुगमनको क्रममा शितगंगा नगरपालिकाको वडा नम्बर १४ को बाणगंगा नदिले वहाव परिर्वतन गरि गाउँ तर्फको क्षेत्र तर्फ बगिरहेको पाइएको छ यसलाई बस्ति जोखिम नपर्ने गरि नदिजन्य पदार्थ निकासी गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले बताउनु भयो ।उक्त खोलाहरु ठेक्का ब्याबस्थापनबाट नगरपालिकालाई तीन करोड भन्दा बढी आम्दानी हुने योजना शाखा अधिकृत नुमलाल खनालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?