पहिरोले सन्धिखर्क गोरुसिंगे सडक बिभिन्न ठाँउमा बन्द

पहिरोले सन्धिखर्क गोरुसिंगे सडक बिभिन्न ठाँउमा बन्

लगातारको पानीले अर्घाखाँचीको जनजिवन प्रभावित भएको छ । २ दिन देखि परिरहेको पानीका कारण अर्घाखाँचीका अधिकांस सडक अवरुद्ध भएका छन । प्रहरी ,सडक बिभागका कर्मचारीहरु निरन्तर सडक सुचारु गर्न खटिए पनि धरे ठाँउमा पहिरो जाँदा अहिले सडक ठप्प भएको छ । मुख्य सडक अन्तरगत बसेरीमा पहिरोले केही बेर सडक अवरुद्ध भएको छ भने अहिले बर्बोट , सितापुर , घुम्टी ,फुदवांङमा सडक अवरुद्ध रहेको र खुलाउने काम भइरहेको छ। यस्तै ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले अबरुद्ध गरेको छ । शितगंगाको प्रमुख सडक क्षेत्र पतंञली सडक बिभिन्न स्थानमा पहिरो जाँदा पुर्णरुपमा अबरुद्ध छ । मन्दे्र सुर्वणखालको सडक समेत बिभिन्न स्थानमा पहिरोले अबरुद्ध गरेको छ उत्त सडक खुलाउने प्रयास भइरहेको त्याहा जनप्रतिनिधीले जानकारी गराएका छन । अन्य बिभिन्न स्थानका सडक समेत पहिरोले बन्द रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?