लुम्बिनी विकास कोषको गाडी प्रहरीको नियन्त्रणमा

लुम्बिनी बिकास कोषको गाडी दुरूपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका छन् । शुक्रबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लुम्बिनीलाइ बुझाइएको लुम्बिनी बचाउ संघर्ष समितीका संयोजक राम बिकास चौधरीले बताएका छन् ।
संयोजक चौधरीका अनुसार कोषको गाडी ब्यापक दुरूपयोग भइरहेको स्थानीयको गुनासोपछि बिभिन्न माग सहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिंदा गाडीमा सवार रहेका दुइजना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको हो ।
कार्यालय समय सकिएको आधाघण्टा पछि पनि सेतो नम्बर प्लेटको इलेक्ट्रोनिक गाडी गुडेको देखेपछि रोकेर शोधपुछ गर्ने क्रममा गाडी भित्रका एकजनाले आफू डिएसपी भएको रवाफ देखाउदै गाडी दौडाउन लाग्दा लुम्बिनी बचाउ महाअभियानका वरिष्ठ सदस्य मेघनाथ आचार्यको पैताला च्यापि दिएको उनले बताए ।
“सो गाडीमा चालक सहित दुई जना सवार थिए । दुबैजना न कोषका कर्मचारी हुन, न त पदाधिकारी” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले भने । गैर सम्बन्धित ब्यक्तिलाइ सरकारी गाडी दिएर दरुपयोग गर्ने–गराउने कोषका कर्मचारी र पदाधिकारी समेतलाइ कारवाही हुनुपर्ने उनले माग गरे ।
गाडी प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक कन्चन तामाङले बताएका छन् । यस सम्बन्धमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र सदस्य सचिव सानुराजा शाक्य सित सम्पर्क गर्न खोज्दा हुन सकेन । कोषाध्यक्ष सिद्धिचरण भट्टराइले यसबारे बुझिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?