न्युज पाना शितगंगा , ८ ओै चन्द्रौटा महोत्सवमा दर्शकको उत्शाहजन सहभागिता बढेको छ । महोत्सवमा कृषि उत्पादन ,हस्तकला,देखि नर्सरी सम्मास्टल छन ।
महोत्सवमा अहिले सम्म प्रिति आले,श्याम राना ,बद्री पंगेनी,ज्योती मगर ,सम्झना लामिछाने ,सन्दिप न्योपाने ,नरेस खाती,सिर्जना खत्री सन्जिव राना ,पुर्खेबा लगायत कलाकारले प्रस्तुति दिई सकेका छन भने प्रकाश दुतराज ,प्रमोद खरेल, आस्था राउत कलाकार आउने सास्कृतिक संयोजक दमन भाटले जानकारी दिनु भयो ।
महोत्सवमा आयोजक उद्योग बाणिज्य संघले स्थानिय सटल तथा कृषि स्टललाइ छुट दिएकोले आकर्षण बढेको छ । चन्द्रौटा महोत्सवमा स्थानिय महिला समुहहरुले आफै उत्पादन गरेको अचार बिक्रि गरिरहेका छन । महिलाहरुले उत्पादन गरेका विभिन्न स्टल महोत्सवमा रहेका छन । साथै महोत्सवमा बाल उद्यान लगायतका मनोरञ्जनमा सामाग्रीमा उत्साह जनक सहभागिता छ ।
महोत्सवमा डान्स आइडल तर्फ अब ६ जना बाँकी रहेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिनु भयो ।