फागुन १६ अर्घाखाँची
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताउनुभएको छ । सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उहाँले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगबाट सुपा देउरालीका हरेक गतिबिधी बिश्वभरबाट थाहा पाउने गरि मन्दिर समितिले प्रचार प्रशारमा ध्यान दिनु पर्ने बताउनु भयो ।
‘
कार्यक्रममा बोल्दै मुख्यमन्त्री आर्चायले भन्नु भयो अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘धार्मिक पर्यटकहरु आकर्षित हुदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिनुभयो । उहाँले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’उहाँले भन्नुभयो,‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नु हुँदैन । पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’
मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौँ’उहाँले भन्नुभयो,‘ पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले मन्दिरले भत्तजनबाट संकलित रकम सहि ठाँउमा सदुपयोग गर्नु पर्ने बताउनु भयो । सामान्य बिकास निर्माण तारजाली जस्ता क्षेत्रमा समेत मन्दिरको रकम खर्च हुने गरेको भन्दै यस्ता गतिबिधी मन्दिरले गरे प्राप्त नहुने बताउनु भयो । मन्दिरको बजेट मन्दिरकै शौन्दरयता तथा म भत्तजनको सहजताको लागि खर्च गर्नु पर्ने बताउनु भयो साथै बिगतको भन्दा यस समितिले गरेका राम्रा कामहरुको समेत प्रशंसा गर्नु भयो
, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायत प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, वडा अध्यक्ष चुरा केसी ,हिन्दु धर्म परिषद केन्द्रिय अध्यक्ष नारायण खनाल लगायतले धारणा राख्नु भएको थियो । समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरि खनालले गर्नु भएको थियो ।