SEE का लागि २ महिना देखि बिद्यालयमै बास

शितगंगा नगरपालिकामा भोलि चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई का लागि सम्पूर्ण तयारी पूरा भएको छ।
परीक्षा नजिकिँदै जाँदा विद्यालयहरूमा विद्यार्थी, शिक्षक र अभिभावकको व्यस्तता बढेको छ भने नगरपालिकाको शिक्षा शाखाले पनि व्यवस्थापन, अनुगमन र समन्वयलाई तीव्र बनाएको जनाएको छ।

नगरपालिकाको ‘लिडर’ विद्यालयका रूपमा परिचित ज्योति माध्यमिक विद्यालय ले यस वर्ष नतिजा सुधारलाई मुख्य लक्ष्य बनाएर दुई महिना अघिदेखि परीक्षा–केन्द्रित अतिरिक्त कक्षा सञ्चालन गरेको थियो। विद्यालयका प्रधानाध्यापक शंकर अर्यालका अनुसार विगत वर्षहरूमा नतिजा सन्तोषजनक हुन नसक्दा विद्यालयले आलोचना खेप्नुपरेको थियो। त्यसै अनुभवलाई आत्मसात गर्दै यस वर्ष विद्यार्थीलाई विद्यालयमै राखेर विशेष अध्ययन वातावरण तयार पारिएको बताउनु भयो ।
विद्यार्थीहरूलाई बिहान ४ बजेदेखि राति १० बजेसम्म अतिरिक्त पठनपाठन गराइएको थियो। विषयगत शिक्षकहरूद्वारा पुनरावृत्ति कक्षा, मोडल प्रश्नपत्र अभ्यास, दैनिक टेस्ट, साप्ताहिक मूल्याङ्कन र व्यक्तिगत परामर्शसमेत सञ्चालन गरिएको थियो।
यस वर्ष ज्योति माविबाट प्राविधिक धारसहित ५० जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। विद्यालयले यस पटक कम्तीमा पनि उत्साहजनक नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ।

शितगंगा नगरपालिका भर यस वर्ष नियमिततर्फ ४३६ जना र ग्रेडवृद्धितर्फ १७७ जना गरी कुल ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। तर विगत केही वर्षयता विद्यार्थी संख्या निरन्तर घट्दै गइरहेको तथ्यांकले देखाएको छ, जसले विद्यालय र सरोकारवालामा चिन्ता थपेको छ।
विगतमा चार वटा परीक्षा केन्द्र रहेको शितगंगामा यस वर्ष भने दुई केन्द्रमा मात्रै परीक्षा सञ्चालन हुने भएको छ। विद्यार्थी संख्या कम हुँदै गएकाले केन्द्र संख्या पनि घटाइएको शिक्षा शाखाले जनाएको छ। अब परीक्षा ज्योति माध्यमिक विद्यालय ९ठाडा० र सरस्वती माध्यमिक विद्यालय ९सितापुर० मा मात्र सञ्चालन हुनेछ।
शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलका अनुसार परीक्षा केन्द्र कायम राख्न कम्तीमा १०० जना विद्यार्थी हुनुपर्ने नियम छ। सोही नियमका आधारमा जनजागृति माध्यमिक विद्यालय र गौरा माध्यमिक विद्यालय का परीक्षा केन्द्र हटाइएका हुन्।
केन्द्रगत रूपमा हेर्दा ज्योति मावि केन्द्रमा २६३ जना र सरस्वती मावि केन्द्रमा १६३ जना विद्यार्थीले परीक्षा दिनेछन्। परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको शिक्षा शाखाले जनाएको छ। परीक्षाको अवधिभर अनुगमन टोलीसमेत खटिनेछ।
शितगंगा नगरपालिकाभित्र हाल १६ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्। विद्यार्थी संख्या घट्दै जानु, वैदेशिक रोजगारीका कारण अभिभावक बाहिरिनु, र बसाइँसराइ जस्ता कारणले सामुदायिक विद्यालयहरूमा प्रभाव परेको सरोकारवालाहरूको भनाइ छ।
यस पटकको एसईई परीक्षालाई शितगंगाका विद्यालयहरूले ‘प्रतिष्ठाको परीक्षा’ का रूपमा लिएका छन्। नतिजा सुधारमार्फत सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने लक्ष्यसहित विद्यालयहरू लागिपरेका छन्। शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले यस वर्ष सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?