३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा शितगंगा–६ मा निःशुल्क स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण
अर्घाखाँची — रोटरी क्लब अफ बुटवल चौतारीले शितगंगा नगरपालिका वडा नम्बर ६ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष नुमेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त स्वास्थ्य शिविरमा विभिन्न ८ भन्दा बढी विशेषज्ञ चिकित्सकहरूले विविध सेवाहरू प्रदान गरेका थिए। शिविरमा जनरल फिजिसियन, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ लगायतका चिकित्सकहरू सम्मिलित थिए।

https://www.facebook.com/share/p/1VqTAyXSyp/

उनीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा औषधि वितरण गरेका थिए।
शिविरमा शितगंगा नगरपालिका भित्रका बासिन्दा तथा छिमेकि जिल्ला प्युठान विभिन्न ठाउँबाट आएका सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति थियो। शिविरमा ४१२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिनुभयो । जसमा २९० महिला, १२२ पुरुष र ५० बालबालिका रहेका थिए
शिविरमा भाग लिनेहरूमध्ये धेरैजसो महिला, ज्येष्ठ नागरिक तथा बालबालिका रहेका थिए। उनीहरूलाई आवश्यक स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो।
यस शिविरको विशेष आकर्षण भनेको विशेषज्ञहरूको प्रत्यक्ष सेवा थियो। विशेषगरी स्त्री रोग, दन्त सेवा र आँखा परीक्षणमा सेवाग्राहीहरूको उल्लेख्य चाप देखिएको थियो। अधिकांश सेवाग्राहीहरूले गाउँमै यस्तो स्तरको सेवा पाउनु दुर्लभ भएको बताउँदै क्लबप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घाटन तथा निरीक्षणका लागि शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, उपप्रमुख गीता भाट, वडा अध्यक्ष चन्द्रमणि बेल्बासे, समाजसेवी ऋषि रेस्मी, देबिराम घिमिरे लगायतको उपस्थित रहेको थियो। नगरप्रमुख पौडेलले यस्तो किसिमको सामाजिक सेवाले स्थानीय सरकारलाई ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
रोटरी क्लब अफ बुटवल चौतारीले शितगंगा नगरपालिकालाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेको हो। उक्त एम्बुलेन्सको प्रयोग नगर क्षेत्रभित्र आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गरिने बताइएको छ। एम्बुलेन्स हस्तान्तरण गर्दै क्लब अध्यक्ष पौडेलले ग्रामीण भेगमा स्वास्थ्य सेवा प्रवाह गर्न एम्बुलेन्स अत्यावश्यक हुने हुँदा क्लबले यस्तो निर्णय गरेको बताए।
शिविर समापन समारोहमा बोल्दै क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले रोटरी क्लबले सधैँ सामाजिक सेवामा अग्रसर भूमिका खेल्दै आएको र आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा तथा पूर्वाधारमा ध्यान दिने प्रतिबद्धता जनाए।
शिविर सफल बनाउन स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय सामाजिक संस्था तथा नगरपालिकाको सक्रिय सहयोग रहेको क्लबले जनाएको छ।
स्थानीयवासीले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउने, नियमित स्वास्थ्य परीक्षणप्रति अभिप्रेरित गर्ने र आमनागरिकलाई सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा क्लबका ४५ जना रोटरीयनहरूको सक्रिय सहभागीता रहेको थियो । जसमा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनित राजु अधिकारी, अध्यक्ष प्रस्तावित कपिल पोखरेल, सचिव खगेन्द्र बेलबासे लगायत अन्य पदाधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा. सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जि.सी.ले गर्नुभएको थियो । डाक्टरहरूको टोलीमा डा. अब्दुल सबुर खान, डा. आरती श्रेष्ठ, डा. विनोद पौडेल, डा. कृष्णकुमार यादव, डा. सन्तोष पाण्डे, डा. सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थी लगायतले स्वयंसेवकका रूपमा सहभागी भएर स्वास्थ्य सेवा उपलब्ध गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा–८ मा १५ दिने मुडा बनाउने तालिम सुरु

0

शितगंगा–११ को टिक्करमा वडाको शाखा कार्यालय स्थापना

0

पाठेघरको मुखको क्यानसर बिरुद्ध खोप अभियान चलाइदै

0

शितगंगा नगरपालिकाको १६ औ नगरसभा अहिले सम्म २ प्रतिशत मात्र योजना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?