२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

सरोज पौडेलले दिए राजिनामा

न्युज पाना शितगंगा
पाल आदर्श बहुमुखी क्याम्प संचालक समिति सदस्य शरोज कुमार पौडेलले संचालक समिति बाट राजीनामा दिनु भएको छ।बि स २०७५ साल पौष २० गते क्याम्पको संचालक समिति सदस्यमा निर्वाचित पौडेल ले क्याम्पस संचालक समिति का अध्यक्ष लंक बहादुर हमाल समक्ष २०८० पौष २१ गते राजीनामा बुझाउनु भएको हो ।
संचालक समितिमा निर्वाचित हुदा स्नातकोत्तर कक्षा संचालन गर्ने उदेश्य सहित निर्वाचित हुनु भएका पौडेलले स्नातकोत्तरको भर्ना आबेदन खुल्ला गरि राजीनामा दिनु भएको हो । स्तातकोत्तर सञ्चालनका लागि पौडेल सहितको समिति निरन्तर लागि परेको थियो साथै यो समिति गठन पछि क्याम्पसमा बिद्यार्थी सख्यामा समेत वृद्धि भएको छ । जुन जिम्मेवारी प्राप्तिका लागि समितिमा बसियो पूरा भयो भन्दै आगामी दिनहरुमा पनि पाएका जिम्मेवारी पूरा गर्न तयार रहेको पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (10%)
  • दुःखी (10%)
  • अचम्मित (10%)
  • हाँस्यास्पद (60%)
  • आक्रोशित (10%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?