२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

बराहा बचत तथा ऋण सहकारी सस्था लि. को २१ औँ साधारण सभा सम्पन्न

न्यूजपाना , शितगंगा

सितगंगा नगरपालिका वडा नं ३ मा रहेको बराहा बचत तथा ऋण सहकारी सस्था लि. को २१ औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सितगंगा नगरपालिकाका नगर उपप्रमुख गिता भाटको प्रमुख आतिथ्यता, , वडा न ३ र ४ का वडा अध्यक्ष चिन्ताराज अधिकारी , दामोदर अधिकारीको बिशिष्ट आथित्यता लगायतको उपस्थित मा सस्थाका सचिव कृष्ण प्रसाद अधिकारीको सन्चालन तथा भारती क्षेत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा १ करोड ८६ लाख ४८ हजार ५११ बराबरको आयब्याय संस्थाका कोषाध्यक्ष पोमा पौडेल पेश गर्नु भएको थियो । सहकारीमा हाल ४९० सेयर सदस्य रहेका छन ।संस्थाको शेयर पुजी ११ लाख ३४ हजार ६०० रहेको छ । कार्यक्रममा ३ जना असल सदस्य खिम बहादुर रेश्मी ,राम प्रसाद बेल्बासे ,यमकला अधिकारीलाई सम्मान गरिएको थियो ।

सहकारीमा सुलभ ब्याजदरमा ऋण प्रवाह हुने गरेको बचतमा उच्चतम ब्याज प्रदान गर्ने गरिएको सदस्यहरुको मृत्यु भएकालाई राहत प्रदान गर्ने लगायतको कार्य गरेको अध्यक्ष मधु अधिकारीले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शितगंगा नगरपालिकाका नगर उपप्रमुख गिता भाटले बिकट ठाँउमा सहकारीले उदाहरणीय काम गर्न सफल भएको बताउनु भयो । अबका दिनमा सहकारीले स्थानिय उत्पादन तथा कला लाइ बढाउन जोड दिन आग्रह गर्नु भयो र आफुले सहकारीलाई सक्दो सहयोग गर्ने पनी बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?