प्रकास दुतराज शनिबार चन्द्रौटा महोत्सवमा आउने

८ ओै चन्द्रौटा महोत्सवमा दर्शकको उत्शाहजन सहभागिता बढेको छ ।कलाकार हरु सँग दर्शक झुमि रहेका छन । पुस २१ गते सनिबार चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने संयोजक इश्वरी प्रसाद पाण्डेले जानकारी दिनु भयो । दर्शकहरुको मागको आधारमा दुतराजलाइ पहिलो पटक बोलाउन लागिएको उहाँले बताउनु भयो । सनिबार अन्य कलाकार हरुमा दिपक गरौजा,दिपक भण्डारी,शुशिला गौतम जेडिसि डान्स ग्रुप तथा चन्द्रौटा डान्स आइडल लगायत प्रस्तुति रहने छन । महोत्सवमा कृषि उत्पादन ,हस्तकला,देखि नर्सरी सम्मका स्टल छन । महोत्सवमा अहिले सम्म प्रिति आले,श्याम राना ,बद्री पंगेनी,ज्योती मगर ,सम्झना लामिछाने ,सन्दिप न्योपाने ,नरेस खाती,सिर्जना खत्री सन्जिव राना ,पुर्खेबा लगायत कलाकारले प्रस्तुति दिई सकेका छन भने ,प्रमोद खरेल, आस्था राउत कलाकार आउदैछन ।
महोत्सवमा आयोजक उद्योग बाणिज्य संघले स्थानिय सटल तथा कृषि स्टललाइ छुट दिएकोले आकर्षण बढेको छ । चन्द्रौटा महोत्सवमा स्थानिय महिला समुहहरुले आफै उत्पादन गरेको अचार बिक्रि गरिरहेका छन । महिलाहरुले उत्पादन गरेका विभिन्न स्टल महोत्सवमा रहेका छन । साथै महोत्सवमा बाल उद्यान लगायतका मनोरञ्जनमा सामाग्रीमा उत्साह जनक सहभागिता छ । महोत्सवमा डान्स आइडल तर्फ अब ६ जना बाँकी रहेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?