शितगंगा १२ रजियामा ९ बर्ष अघि भाइको हत्या गर्ने पक्राउ

न्यूजपाना , शितगंगा

अर्घाखाँचीको शितगंगा १२ रजियाबाट प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । शितगंगा १२ रजिया बस्ने २७ बर्षिय जनकराज भुसाल पक्राउ परेका हुन् । शितगंगा १२ रजियामा २०७१ मंसिर १४ गते आफ्ना सौतेला भाइ १३ बर्षिय राजन भुसालको हत्यामा संलग्न रहेको अरोपमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि घर्तीमगरले जानकारी दिनु भयो ।
उनले आफ्ना भाइको हत्या गरि खोल्सिमा चोपेर गाडेर छाडेका थिए पछि केही दिन पछि मात्र उनको सव फेला परेको थियो । हत्या गरेर फरार उनि लामो समय बैदेशिक रोजगारमा गएका थिए । उनलाइ जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको घमले बताउनु भयो इलाका प्रहरी कार्यालय ठाडाले यस अघि समेत १९ बर्ष अघि अत्या गरि फरार रहेका एक जना अभियुत्तलाई रोल्पाबाट पक्राउ गरेको थियो ।
मृतक राजन मंसिर ६ गते सम्पर्क बिहिन भएको र १० गते इलाा प्रहरी कार्यालयमा उजुरी दिएका थिए पछि खोज्दै जाँदा १४ गते सव भेटिएको थियो । उनि माथी जिल्ला अदालतबाट ७ दिनको म्याल थप गरि अनुसन्धान जारि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

 बाणगंगाको सूर्योदय आधारभूत विद्यालय प्रदेश को उत्कृष्ट वडा अध्यक्ष अर्याल र प्रधानाध्यापक खनाल सम्मानित

छुटाउनुभयो कि ?