अरनिको बचत तथा ऋण सहकारी सस्था लि. को चौधौ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा २,५४,५३,००० बराबरको आयब्याय कोषाध्यक्ष कमला डुम्रेले पेश गर्नु भएको थियो । सहकारीमा हाल ७०० सेयर सदस्य रहेका छन । सहकारीको सेयर पुँजी गत बर्ष भन्दा ०.४ प्रतिशत वृद्धिभई २,५४,५३००० रहेको छ । सहकारीले यस बर्ष ब्याजबाट १,६०,४७,६२७ रकम आम्दानी गरेको छ । सहकारीले गत बर्ष ३८,७४,४१२ रकम आमदानी गर्न सफल भएको छ । यो आम्दमनी कर्जा नोक्सानी ब्यवस्थापन लगायतको करिव ८ लाख कम ब्यवस्थापन पछिको खुद नाफा हो । सहकारीले हाल दैनिक बचत,मासिक बचत,ऐच्छिक बचत,कर्मचारी सञ्चयकोष,बाल बचतको रुपमा रकम जम्मा गर्ने गरेको छ ।
सहकारीले गत बर्ष भन्दा यो बर्ष कर्जा लगानीमा समेत वृद्धि गरेको छ गत बर्ष भन्दा १,५६,१४,०९९ले वृद्धि गर्दै १२,९०,९३,४५८ रकम कर्जा लगानी गरेको छ । सहकारीको कुल निक्षप ११,४७,२५,३९५ रकम रहेको छ ।
सहकारीले आगामी बर्षका लागि ब्याजबाट १,७२,००,००० आमदानी गर्नेलक्ष्य राखेको छ भने सेयर सदस्य १५० जना वृद्धि गर्ने लक्ष्य राखेको छ । सेयर पुजीलाइ समेत २,८०,००,०००पुराउने लक्ष्य राखेको छ ।ऋण लगानीमा पनि वृद्धि गरि १४,१०,००,००० पुराउने लक्ष्य रहेको छ ।
सहकारीले मासिक बचतमा ७ प्रतिसत,दैनिकमा ५% ऐच्छिकमा ५% बाल बचतमा ५% ब्याज प्रदान गर्ने गरेको छ भने ऋणमा बिना धितो ११% र धितो सहतिमा १२% ब्याज लिने गरेको छ ।
सहकारीका अध्यक्ष द्रोण प्रसाद उपाध्यायको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसि को प्रमुख आतिथ्यता, शिवराज नगर उपप्रमुख शिवकुमारी चौधरीको बिशिस्ट आतिथ्यता वडाअध्यक्षहरु राम बहादुर चौधरी, टेकलाल सापकोटा ब्यापार संघ अध्यक्ष महादेव पोखरेल,बिष्णु खतीवडा,दमन प्रसाद भाट, जगत पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष राजेन्द्र प्रसाद आचार्यको स्वागत, कोषाध्यक्ष कमला डुम्रेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रम नमराज न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।