२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

अर्घाखाँचीमा जुरुक्क रास्वपा र माहोलको घण्टी

अराज बेल्बासे /अर्घाखाँची – जिल्लाको राजनीतिक माहोल यतिबेला फेरि एकपटक नयाँ बहस र नयाँ ध्रुवीकरणतर्फ उन्मुख देखिएको छ। सामाजिक सञ्जालदेखि गाउँ–टोलका चिया पसलसम्म राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चर्चा बाक्लिन थालेको छ। फेसबुक, टिकटक र अन्य प्लेटफर्ममा हेर्दा रास्वपाका समर्थकहरूको उपस्थिति उल्लेख्य देखिन्छ।
विशेषगरी युवापुस्ताले खुलेर समर्थन जनाइरहेका छन्। बालेन शाह र रवि लामिछानेप्रतिको ‘क्रेज’ आकस्मिक रूपमा जन्मिएको नभई पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीबाट आएको विश्लेषण गरिँदैछ। राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा मतदाताले समय–समयमा माहोल र परिस्थितिअनुसार नयाँ शक्तिलाई अवसर दिएका उदाहरण प्रशस्तै छन्।

तत्कालीन माओवादी पहिलो पटक शान्ति प्रक्रियापछि निर्वाचनमा होस्, २०७० सालतिर ‘एक भोट दाइलाई, एक भोट गाइलाई’ भन्ने नारासहित देखिएको लहर होस् वा २०७२ सालको नाकाबन्दीपछिको राष्ट्रियताको भावनासँग जोडिएको केपी शर्मा ओलीप्रतिको समर्थन—यी सबै माहोलकै उपज थिए। मतदाताले विकल्प देखेपछि साहसका साथ नयाँ शक्तिलाई मत दिएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाले छोटो समयमै देशव्यापी चर्चा पायो। संगठन बलियो नभए पनि समानुपातिकतर्फ देशभरबाट सम्मानजनक मत प्राप्त गर्दै पार्टीले आफूलाई राष्ट्रिय राजनीतिको मुख्य धारमा स्थापित गर्‍यो। धेरै स्थानमा प्रत्यक्षतर्फ पनि उल्लेख्य मत ल्याएको थियो। यही पृष्ठभूमिमा अहिले अर्घाखाँचीमा रास्वपाको गतिविधि तीव्र बन्दै गएको देखिन्छ।

२०७९ सालमा ठोस संगठन संरचना नहुँदा पनि अर्घाखाँचीमा रास्वपाले माओवादी केन्द्रभन्दा बढी मत प्राप्त गरेको तथ्य अहिले पार्टीका नेताहरूले जोडतोडका साथ प्रस्तुत गरिरहेका छन्। उनीहरूको दाबी छ—त्यतिबेला संगठन नभई पनि जनताको साथ थियो भने अहिले त वडा–वडामा समिति गठन, नियमित बैठक, प्रशिक्षण र संवाद कार्यक्रममार्फत संगठन विस्तार भइसकेको छ।

रास्वपाका जिल्ला स्तरका सक्रिय नेता हरि भुसाल यतिबेला गाउँ–टोल केन्द्रित अभियानमा जुटेका छन्। उनले जिल्लाका विभिन्न वडामा पुगेर समिति गठन, घरदैलो भेटघाट, युवासँग संवाद, महिला समूहसँग अन्तरक्रिया जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्। भुसालको भनाइ छ, “राजनीतिलाई व्यवसाय होइन, सेवाका रूपमा स्थापित गर्नुपर्छ। पुराना शैली परिवर्तन गर्नैपर्छ।” उनीसँग अहिले युवादेखि विभिन्न पृष्ठभूमिका व्यक्तिहरू जोडिँदै गएको दाबी गरिएको छ।

शितगंगा नगरपालिकामा रास्वपाको गतिविधि झनै सक्रिय देखिन्छ। पूर्वराजनीतिकर्मी, विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्ति तथा सामाजिक अभियन्ताहरू संगठन निर्माणमा लागेका छन्। यहाँ नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष बनेका कमल पौडेल, कपिल आले र हेमनाथ भुसाललगायतका नेताहरू रास्वपा निमर्नणमै छन ।

कमल पौडेल कांग्रेसमा रहँदा सक्रिय र इमान्दार जनप्रतिनिधिका रूपमा चिनिन्थे। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी २०७९ सालको निर्वाचनपछि असन्तुष्टि जनाउँदै कांग्रेस परित्याग गरेका थिए। स्थानीय स्तरमा विकास निर्माण, जनसमस्या समाधान र संगठन विस्तारमा उनको सक्रियता उल्लेखनीय मानिन्छ। उनको रास्वपामा आवद्धताले कांग्रेस वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ।
त्यसैगरी कपिल आले कांग्रेसका अग्रज नेताको परिवारसँग सम्बन्धित व्यक्ति हुन्। परम्परागत रूपमा कांग्रेसको आधार क्षेत्र मानिएको ठाउँमै परिवारबाटै रास्वपामा प्रवेश हुनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। आलेले घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै भनेका छन्, “हिजो बाउबाजेले कांग्रेसबाट अपेक्षा गरेर मेहनत गरे, अहिले हामीले नयाँ दलबाट आशा गरेका छौं। परिवर्तनको अभ्यास नगरी बस्न सकिँदैन।” उनको यो अभिव्यक्तिले शितगंगामा नयाँ बहस सुरु गराएको छ।
रास्वपा नेतृत्वले लोभ–प्रलोभनभन्दा टाढा रहेर संगठन निर्माणमा जोड दिएको दाबी गर्दै आएको छ। कार्यकर्ताहरूले पनि ‘पार्टीभन्दा देश ठूलो’ भन्ने नारासहित अभियान चलाइरहेका छन्। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा, शिक्षित वर्ग र पेशाकर्मीहरू रास्वपातर्फ आकर्षित भएको देखिन्छ। सामाजिक सञ्जालमा सक्रिय युवाहरूले खुलेर समर्थन जनाउँदै आएका छन्। यद्यपि पुराना दलका नेताहरू भने यो माहोललाई सामाजिक सञ्जालसम्म सीमित रहेको टिप्पणी गर्छन्। उनीहरूको भनाइ छ—चुनाव परिणाममै यसको वास्तविक मूल्यांकन हुन्छ। गाउँस्तरमा संगठन, संरचना र लामो राजनीतिक अनुभव नै निर्णायक हुने तर्क उनीहरूले अघि सारेका छन्।

तर रास्वपा समर्थकहरू भने अर्घाखाँचीमा राजनीतिक समीकरण फेरिने दाबी गर्छन्। उनीहरूको विश्वास छ—जनताले अब व्यक्तिको विगत होइन, भविष्यको सम्भावना हेरेर मत दिनेछन्। २०७९ सालको आधार, बढ्दो संगठन विस्तार र प्रभावशाली स्थानीय नेताहरूको आवद्धताले आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने उनीहरूको अपेक्षा छ।
अहिले जिल्लामा देखिएको यो माहोल मतमा कत्तिको रूपान्तरण हुन्छ भन्ने प्रश्न भने खुला नै छ। तर यति निश्चित देखिन्छ—अर्घाखाँचीको राजनीति फेरि एकपटक तरंगित भएको छ, रास्वपाको जुरुक्क उभारले पुराना दललाई सजग र सतर्क बन्न बाध्य बनाएको छ। रास्वपाको चुनावी अभियानमा रहेका सहयोगी बिसी अहिले गाँउगाउमा मतदाता लाई एक पटक मत दिएर हेर्न अनुरोध गरिरहेका छन । एमाले काग्रेशका कार्यक्रताहरुलाई समेत उनले पाटी छाड्नु परेन तर एक पटक भोट गर्न आग्रह गरिरहेका छन । सामाजिम सञ्चजालमा महेन्द्र कुँवर, पशुपती पाण्डे, प्रकास बेल्बासे , राजु खड्का दिनेश विकल्प लगायतका सक्रिय युवाहरु अहिले रास्वापा जिताउने अभियानमा निरन्तर खटिरहेका छन । बिदेशमा रहेका युवाहरुको समेत राम्रो सर्मथनले अहिले जनमत अपेक्षा भन्दा धेरै फरक देखिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (73%)
  • दुःखी (9%)
  • अचम्मित (9%)
  • हाँस्यास्पद (9%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

पिताम्बर भुसालको जिल्लाबासीमा आग्रह सबैले मतदान गरेर सहयोग  गर्नुस

0

पिताम्बर भुसाललाइ  भोट हाल्न टोप बहादुर रायमाझीको जिल्लाबासी लाई आग्रह

0

३ बर्ष भित्र फेरि चिनि मिल सञ्चालन  गर्छु : बिरेन्द्र कनौडिया

0

उखु किसानको रकम कानमा छोपेर उठाइन्छ : प्रचण्ड

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?