न्युजपाना , www.newspana.com
लुम्बिनी प्रदेसका पुर्व मन्त्री तथा प्रदेस सभा सदस्य सांसद बिष्णु पन्थीले बन सम्बन्धि कानुन समय अनुसार परिवर्तन नगर्दा बिकासमा देश पछि परेको बताउनु भएको छ । सामाजिक सञ्जालमा लेख्दै पन्थीले
नेपाली सेना प्रमुखले फास्ट ट्र्याकमा ४ वटा रुख काटन ९ महिना बनको चक्कर काटन परेको पिडा पोख्नु भएको कुरा उहाँको मुख बाट सुने बतअउदै यस्तै पीडा बिकासमा बनका कारण धेरै ठाउँ रहेको संकेेत गर्दै पन्थीले बुटवल नारायण खण्ड सडक बन्न ढिलाइ हुनमा १३ महिना बनको गोल चक्कर कारण , लुम्बिनी प्रदेशको सरुवा रोग अस्पताल (शिबराज ५ चन्द्रौटा ) बनेर सेवा सुचारु हुने बेला सम्म बनको चक्रब्युह बाट अझै बाहिर निस्कन नसकेको , गौतम बुद्ध मुटु अस्पताललाई बन कानुनले थला पारेको , बुटवल सभा केन्द्र १६ वटा रुखले ३ वर्ष पछी घकेलेको,सिटीभिटीको कपिलवस्तुको जीपी कोइराला प्राबिधिक स्कुल समेत बनको कानुनले रोकेको बताउदै नेपाल लाई लामो समय सम्म लोडसेडिङ्मको मारमा बनले पुराएको लगायतका बिकासमा बन कानुन बादक बनेकोले अब पहिले सम्पुर्ण बन कानुन खारेज गर्ने र आवस्यकता अनुसार ब्यबहारिक ढंगले सम्बन्धित संसदीय समितिहरु द्वारा ऐनहरुका मस्यौदा तयार पार्नुपर्ने बताउनु भयो । यो ऐन संशोधन नभएमा माकुराको जालोमा पसे जस्तै बिकास पनि त्यहि गति हुने बताउनु भयो ।
सम्पुर्ण बन कानुन खारेज नगरे बिकासमा सधै पछि : सांसद पन्थी
प्रतिक्रिया