२९ माघ २०८१, मङ्लबार
२९ माघ २०८१, मङ्लबार

शितगंगा नगरपालिकामा प्लास्टिकका फुलको बिक्रीमा निषेध

– शितगंगा नगरपालिकाले वातावरणीय संरक्षण र स्थानीय प्राकृतिक फुल व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकका फुलहरूको विक्री र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नगरपालिकाको असोज २१ गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो।

यो कदमले नगर क्षेत्रभित्र प्लास्टिकजन्य फोहोरलाई कम गर्ने र स्थानिय स्तरमा उन्मुख हुँदै गरेको फुल व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। ूप्राकृतिक स्रोतहरूको प्रयोग र स्थानीय उत्पादकहरूको प्रोत्साहन हाम्रो प्राथमिकता हो।
यस नीतिले स्थानीय फुल व्यवसायीहरूलाई थप अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्लास्टिकका सट्टा, नगरपालिकाले प्राकृतिक र जैविक फुलहरूको उत्पादन र व्यापारलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू ल्याउने योजना पनि बनाएको छ। यस योजनाले नगरको हरियाली र सौन्दर्यलाई बढाउनका साथै, स्थानीय फुल व्यवसायीहरूको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।नगरपालिकाले यो नियम पालना नगर्ने व्यवसायी वा व्यक्तिहरूलाई आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ। पर्यावरण संरक्षण तथा व्यवसाय प्रवर्द्धनको यो कदमलाई स्थानीय बासिन्दा र व्यवसायीहरूले स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?