शितगंगा नगरपालिका ११ का बिपन्न नागरिक तथा सितलहर पिडितहरुका लागि निशुल्क १३० जनालाई न्यानो कपडा वितरण गरिएको र भोलि ३०० जनालाई बितरण गरिने वडा अध्यक्ष नबराज भुसालले जानकारी दिनु भयो ।
दिगो विकास पहलका लागि सामाजिक अभियान र LAI MUN society काठमाडौकाे सहयाेग तथा Everest English School , Eps school Kathmandu काे सहकार्यमा यस शितगंगा नगरपालिका वडा न .११ का बिपन्न नागरिक हरुलाई बितरण गरिएको छ। अझै १५०० थान बितरण गरिने र भाेली पौष २९ गते खयरभट्टी वडा कार्यालय, माैवाबारी, बेलखाेला र दाेबाटामा वडा सदस्यहरुकाे उपस्थितिमा वितरण गरिने वडा अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ ।