२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

महायज्ञमा प्रमुख वाचक विजय कृष्णमुर्ति जी महाराजबाट ८ लाख बढिको सहयोग

रेडियो शितगंगा बैशाख ९अर्घाखाँची / ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालित ९ दिने महायज्ञ सम्पन्न भएको छ । महायज्ञमा विभिन्न दानदाताबाट आर्थिक संकलन भएको छ । महायज्ञमा प्रमुख वाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजले क्याम्पस निर्माण सहयोगका लागि सञ्चालित महायज्ञमा आफ्ना सम्पुर्ण खर्च स्वयसेवक परिचालन बाहेक समेत ८ लाख बढि सहयोग महायज्ञलाइ गर्नु भएको छ ।
महायज्ञमा रहेका कलाकार,झाँकी कलाकार ,साउण्ड,आरति मण्डल निर्माण लगायतका विभिन्न स्थानमा भएको खर्चबापत आयोजकले दिनु पर्ने ८ लाख बराबरको सहयोग गर्नु भएको क्याम्पस संयोजक कुमार केशब सिह बेल्बासेले जानकारी गराउनु भयो । महाराजको क्याम्पस निर्माणका लागि सञ्चालित महायज्ञमा भएका विभिन्न सहयोगको क्याम्पस परिवार ऋणि रहेको भन्दै धेरै आभारी रहेको बताउनु भयो ।

यस्तै वियय कृष्णमुर्ती महाराजले शितगंगा ४ को प्रख्यात बाणगंगाधामको दर्शन गर्नु भएको थियो । ऐतिहासिक क्षेत्रको अवलोकन र दर्शन गर्दै बाणगंगाधाम समितिलाई मानव सेवा आश्रमको तर्फबाट रु ५१००० सहयोग गर्नु भएको थियो । सामाजिक क्षेत्रमा कृयाशित मानवसेवा आश्रमको तर्फबाट महाराजले ज्योती भबिश्वर बहुमुखी क्याम्पसलाई नगद समेत एक लाख सहयोग गर्नु भएको छ ।
साथै महासाजले महायज्ञबाट क्याम्पस बनाउन लागिएकोले आफ्नो समेत कुनै खर्च नलिएर महाराजलेनै सहयोग गरे पछि शितगंगाबासी खुशी बनेका छन ।

नगरपालिकाको एक मात्र ज्योति भबिश्वर क्याम्पसले क्याम्पस संचालन लागी गरिएको महायज्ञमा बाजा गाजाँ,नाचँगान कलश यात्रा,भजनकिर्तन,बिभिन्न कलाकारद्धारा धार्मिक नाटकका साथै बिबिध सांस्कृतिक प्रस्तुतीहरु,स्थानिय कला संस्कृतिहरु समेत प्रस्तुत गरिएको थियो ।ऐतिहासिक महत्व र प्राकृतिक मनोमोहक दृश्य रहेको ठाडाको डमरु दहमा भब्य कार्यक्रमका बिच उद्घाटन भएको महायज्ञ ९ दिन सम्म उल्लासपुर्ण रुपमा संचालन भएको हो ।

महायज्ञको नयाँ बर्षको सुवअवसरमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे उद्घाटन गर्नु भएको थियो भने समापन नेपाल सरकारको पुर्व सहरी बिकास मन्त्री एवम प्रतिनिधी सभा सदस्य मेटमणि चौधरीले गर्नु भएको छ । उद्घाटन र समापनका बिचमा लुम्बिनी प्रदेश सरकारमा मुख्य मन्त्री जोख बहादुर महरा,प्रदेश सरकारका अर्थ मन्त्री चेतनारण आचार्य,जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला,नगरप्रमुख छविलाल पौडेल,उपप्रमुख गिता भाट,प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतका जनप्रतिनिधी,राजनैतिक दलका नेताहरु,शैक्षिक तथा धार्मिक ब्यक्तित्व,उच्चपदस्थ ब्यक्तीत्वहरुले महायज्ञको अवलोकनका साथै क्याम्पस निमार्ण तथा बिकासका सन्दर्भमा महत्वपुर्ण प्रतिबद्धताहरु व्यक्त गर्नु भएको छ ।
बिभिन्न ठाउँहरुमा महायज्ञ संचालन गर्दै आएको मानवसेवा फाउन्डेशनका प्रमुख बिजय कृष्णमुर्ती जी महाराजले यस महायज्ञमा पनि प्रमुख बाँचकको रुपमा रहनु भएको थियो । महायज्ञका सवै कार्यक्रमहरु उल्लासमय तवरले संचालन भएको भन्दै प्रमुख कथाबाचक बिजयकृष्ण मुर्तिले भन्नु भयो ,‘हामीहरु मानवसेवा,सामाजसेवाको अभियान्ता हौं ,महिले कुनै पारिश्रमिक लिएको छैन्,क्याम्पसको बिकासका लागी बरु आफै सहयोगगरेको छु,भोलीका दिनमा पनि सहयोग गर्न प्रतिबद्ध छौँ’।
महायज्ञको अवधीभर बिहान,दिउसोँ,साझ बिभिन्न खालका कथा बाचँन,भजन किर्तन,आरती साथै बिवाह,व्रतबन्ध,रुद्री, ग्रहशान्ती,चौरासीपुजा,तुलादान,लक्ष्य पुजा,समेत महायज्ञमा गरिएको मानव सेवा फाउन्डेशनका ब्यवस्थापक बिष्णु थापाले बताउनु भयो ।
महायज्ञमा अर्घाखाँची जिल्ला र बिशेषगरि शितगंगा नगरपालिका क्षेत्रका बिभिन्न शक्तिपिठहरुको आरती,दिब्य कलश पुजन,स्थानिय जातजातिको झाँकी प्रदर्शन,बिशिष्ट ब्यक्तित्वहरुलाहरु स्वागत तथा सम्मान,कन्या पुजन,धन्याञ्चल पर्वत तथा अन्य पुजाँ,जेष्ठ नागरिक तथा एकल नागरिकलाई सम्मान,बिभिन्न संघ संस्थाहरुलाई संम्मान,गर्नुका साथै धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न महायज्ञ सफल भएको क्याम्पस संचालक समितीका अध्यक्ष कुमार केशव बेल्वासेले बताउनु भयो ।
क्याम्पसको अलपत्र अबस्थामा रहेको आठ कोठे भवनको निमार्णका लागी ८ जनाले प्रतिबद्धता गरेको र अन्य साझा प्रतिबद्धताहरु समेत भएको क्याम्पस प्रमुख बिष्णु भट्टराईले जानकारी दिनु भयो ।
आम्दानी र खर्चको बिवरण संकलन अन्तिम अवस्थामा पुगेको र समिती बाट बैठक वसी आम्दानी खर्च बाहिर प्रस्तुत गरिने आर्थिक समितीका संयोजन लक्ष्मण पन्थीले बताउनु भयो ।
महायज्ञमा सहयोग गर्ने चन्दादाता,जग्गा दाता,जिन्सी,कलाकार,मानवसेवा फाउन्डेशनको टिम,बिभिन्न संघ संस्थाहरुलाई स्वागत तथा संम्मान गरिएको थियो । बिभिन्न कार्यमा सहयोग गर्ने महायज्ञ संचालनका लागी आबश्यक कथाबाचन तथा सांगितिक प्रस्तुती र भजनकिर्तन आरती सहित महायज्ञको प्राबिधिक ब्यवस्थापन मानवसेवा फाउन्डेशन काण्ठमाण्डौैँको टिमले निकै प्रभावकारी रुपमा सम्पन गरेको क्याम्पसले जनाएको छ । महायज्ञमा धेरै सहयोग र अबलोकन समेत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (78%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (11%)
  • दुःखी (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?