मुख्यमन्त्री आचार्यको १ बर्ष पूरा स्वास्थ  र भौतिक बिकासमा उल्लेखनीय प्रगति

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो एक वर्षे कार्यकालका उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् ।

<span;>राप्ती उपत्यका देउखुरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गरेका हुन् ।

<span;>चालु खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।

<span;>संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका कार्यक्रमले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहे का छन्।  अब सेवा खोज्न धेरै टाढा जानुपर्ने अवस्था हट्दैछ, सेवा घरदैलोमै पुगेको छ आर्चायले भन्नु भयो

<span;>३ हजार ८५१ जना जटिल रोगीलाई आर्थिक सहयोग दिएको तथ्याङ्क रहेको छ। त्यत्तिमात्र होइन, ८० वर्षभन्दा माथिका ३९ हजारभन्दा बढी जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा पु¥याउनु एक प्रकारको सामाजिक न्याय भएको देखिएको छ ।

<span;>लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनघनत्व भएको बुटवलमा, १२ तले र १,२०० शैयाको सुविधासम्पन्न लुम्बिनी प्रादेशिक अस्पताल निर्माण कार्य ६ अर्ब १८ करोड लागतमा शुरु भएको छ। २०८५ साल पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पतालको भौतिक प्रगति एक वर्षमै २७ प्रतिशत पुगेको छ।
<span;>यो अस्पतालले न केवल अत्याधुनिक सेवा सुलभ मूल्यमा दिनेछ, बरु बुटवल–भैरहवा क्षेत्रलाई आर्थिक हव बनाउने प्रदेश सरकारको दीर्घकालीन रणनीति पनि हो। यो नेपालकै सरकारी अस्पतालमध्ये उत्कृष्ठ भौतिक पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?