विक्रम आचार्य शितगंगा
अर्घाखाँची ।
सितगंगा नगरपालिकाको १८औँ नगरसभा अधिवेशन नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनमा नगरको समग्र विकास, सेवा प्रवाह, नीति तथा कार्यक्रम र समसामयिक विषयमा व्यापक छलफल गरिएको छ।
नगरसभामा अध्यक्ष, नगर प्रमुख छविलाल पौडेल उपाध्यक्ष नगर प्रमुख गिता भाट प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा सम्बन्धित कर्मचारी पत्रकारहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा नगरपालिकाले हालसम्म गरेका कामको समीक्षा गर्दै आगामी दिनमा नागरिकमुखी योजना र कार्यक्रमलाई प्राथमिकता दिने विषयमा छलफल भएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। नगरपालिकाले विकास निर्माणका कामलाई समयमै सम्पन्न गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नगरसभाले आवश्यक निर्णय तथा प्रस्तावहरू पारित गर्दै भएको अर्को बैठक माघ १९ गते बस्ने गरि सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।






