रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० जना पुगेको छ।
नेपाल प्रहरीले अझै ३ जना बेपत्ता भएकाे खोजी कार्य जारी रहेकाे जनाएकाे हाे।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुनमगर, अन्दाजी ६० वर्षीय कमलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ८५ वर्षीय हस्तकला रोकामगर रहेका छन् । त्यस्तै, सात वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुनमगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुनमगर र ८० वर्षीय बलबहादुर पुनमगर रहेकाे प्रहरीले जनाएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको वडा बिभाजन प्रस्ताव यस्तो छ वडा गत बिबरण

छुटाउनुभयो कि ?