सरकारी कर्मचारी र जनप्रतिनिधीका छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्न माग गर्दै ज्ञापनपत्र पेश ।

अर्घाखाँची, बैशाख १०, अर्घाखाँचीको सामुदायिक विद्यालय महासंघ शितगंगा नगर कमिटीले सरकारी कर्मचारी र जनप्रतिनिधीका छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्न माग सहित ज्ञापनपत्र शितगंगा नगरपालिकामा पेश गरेको छ । आज एक कार्यक्रमकाबिच शितगंगा नगरपालिकाकामा ज्ञापनपत्र पेश गरेको सामुदायिक विद्यालय महासंघ शितगंगा नगर कमिटीका अध्यक्ष माधव अधिकारीले जानकारी दिनु भएको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधीहरुले आ–आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना नगरी संस्थागत विद्यालयमा भर्ना गरेको पाइएपछि ज्ञापनपत्र बुझाईएको अध्यक्ष अधिकारीको भनाई छ ।

“नेपाल सरकारको सेवा सुविधा प्राप्त सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आ आफ्ना छोराछोरी सामुदायीक विद्यालयमा भर्ना गरी यस अभियानमा जोडिन अनुरोध गर्दछौ” अध्यक्ष माधव अधिकारी र सचिव गोविन्द थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । शैक्षीक सत्र २०८१ को “सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता“ भन्ने मुल नारा साथ भर्ना अभियान संचालन भईरहेको छ। ज्ञापनपत्र बुझ्दै नगर प्रमुख छविलाल पौडेल र उप–प्रमुख गिता भाटले भर्ना अभियानलाई सफल बनाउन आफुहरु तत्पर रहेको बताउनु भएको थियो। साथै जनप्रतिनिधी र कर्मचारीहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने राष्ट्रिय अभियानमा यस नगरपालिकाको पनि समर्थन रहने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?