शितगंगा नगरपालिकामा एक दिने आँखा शिविर हुने

प्राथमीक आँखा उपचार केन्द्र ठाडाको आयोजनामा शितगंगा नगरपालिकामा एक दिने आँखा शिविर हुने भएको छ । यहि पुष १६ गते प्राथमीक आँखा उपचार केन्द्र ठाडाको आयोजना र श्री रणअम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा प्राथमीक आँखा उपचार केन्द्र को आãनै भवनमा एक दिने आँखा शिविर हुने भएको हो । आँखा सम्बन्धी मोतिया विन्दु , मासु पलाएको तथा अन्य कुनै पनी समस्याहरुको उपचार गरीने भएको छ । शिविरमा अप्रेसन तथा औषधी न्युन्तम शुल्क उपलव्ध गराइने तथा मोतिया विन्दु , मासु पलाएकाहरुले अप्रेसन गर्नुपरेमा अघिल्लो दिन नै नाम दर्ता गराउनु पर्ने शाखा प्रमुख किरण ढुंगानाले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?