२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

अर्घाखाँची एमालेको नयाँ अनुहारका रूपमा पिताम्बर भुसाल उदाउँदै

नेकपा एमाले अर्घाखाँचीमा निरन्तर संघर्ष र संगठन निर्माणमा सक्रिय रहँदै आएका पिताम्बर भुसाल पार्टीका नयाँ र भरोसायोग्य अनुहारका रूपमा स्थापित हुँदै जानुभएको छ। वि.सं. २०३२ सालमा जन्मिनुभएका भुसालले समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको छ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँले २०४१ सालमा अनेरास्ववियु एकताका सदस्यता लिँदै औपचारिक राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका भुसाल २०४७ सालमा नेकपा एमाले बाँगी गाउँ पार्टी सचिव दलको सदस्य रहनुभयो भने २०४८ सालमा ३ नं. इलाका कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो।

त्यसपछि २०५० सालमा इलाका कमिटी सदस्य तथा केही समय पार्टी उपसचिवको भूमिका निर्वाह गर्नुभएको थियो। २०५२ सालमा नेकपा एमाले इलाका कमिटी सचिव बनेका भुसाल २०५४ सालमा तत्कालीन बाँगी गा.वि.स. अध्यक्षमा निर्वाचित हुनुभयो। त्यसैगरी २०५४ देखि २०७९ सम्म जिल्ला कमिटी सदस्य रहनुभएका उहाँ २०७९ देखि हालसम्म जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएको छ।

हाल प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा अघि बढ्नुभएका पिताम्बर भुसाललाई पार्टीभित्र इमानदार, अनुभवी र संगठनप्रति समर्पित नेताका रूपमा हेरिँदै आएको छ। लामो राजनीतिक अनुभव र जनतासँगको नजिकको सम्बन्धका कारण उहाँलाई आगामी दिनमा अर्घाखाँचीको राजनीतिमा महत्वपूर्ण भूमिकामा देखिने अपेक्षा गरिएको छ।

भुसालकै नेतृत्वमा नेकपा एमाले अर्घाखाँचीमा बलियो भएको थियो । उहाँ अध्यक्ष भए पछि स्थानिय तहहरुमा एमालेले जित निकाल्दै जिल्ला समन्वय समिति प्रमुखमा समेत जित निकालेको छ । यस्तै प्रदेश र केन्द्रमा समेत गठबन्धनलाई पराजित गर्दै जित निकाल्न सफल भएको थियो । भुसाललाई देशभरमै उत्कृष्ट जतिजा ल्याउन सफल भएको भन्दै अध्यक्ष केपि ओलीले सम्मान समेत गर्नु भएको थियो । एमाले निर्माणमा महत्वपूर्ण समयमा भुमिका खेलेका भुसाललाई सबैलाई मिलाएर लान सक्ने क्षमता रहेको नेताको रुपमा बुझिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (43%)
  • अचम्मित (29%)
  • खुसी (14%)
  • दुःखी (14%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा  २९९ जना किशोरी लाई HPV खोप लगाउने लक्ष्य

0

कपिलवस्तु ३ मा काँग्रेसमा युवा निर्वाचन कमाण्डर

0

शितगंगा ५ को जुकेना स्वास्थ्य चौकीमा विगत आठ महिना देखि २४...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?