अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर परिसरमा करिब ५०० जना भक्तजन अट्ने संरचना निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। सात महिनासम्म कडा परिश्रम गरेर निर्माण पूरा गरेका मिस्त्री दाजुभाइहरूलाई विशेष सम्मान गरिएको छ। मन्दिर सञ्चालन समितिका अध्यक्ष फर्सबहादुर केसी सचिव हरी खनाल लगायतको उपस्थितिमा श्रमिक हरुको सम्मान गरिएको हो ।
समितिका सचिव हरि खनालका अनुसार निर्माण कार्यमा सुरुमा धेरै मिस्त्रीहरू सहभागी भए पनि अन्तिम चरणमा पाँच जना प्रमुख मिस्त्रीहरूले निरन्तर योगदान दिएका थिए। तिनै पाँच जना मिस्त्रीहरूलाई सम्मानस्वरूप हेड मिस्त्रीलाई रु २५०० तथा अन्य चार जनालाई प्रत्येकलाई रु १५००साथै खादा, माला र मायाको चिनो प्रदान गरिएको खनालले जानकारी दिनु भयो ।
सुपादेउराली मन्दिर व्यवस्थापनका अनुसार यो संरचना निर्माण भक्तजनहरूले चढाएको भेटी रकमबाट सम्भव भएको हो। अब श्रद्धालुहरू सहज रूपमा पूजा गर्न सक्ने वातावरण सिर्जना भएको छ। निर्माण कार्यका क्रममा कुनै अप्रिय घटना नघटेकोमा भगवान सुपादेउरालीको कृपा रहेको मन्दिर व्यवस्थापन समितिले विश्वास व्यक्त गरेको छ। समितिको अथक प्रयास र मेहनतका कारण बिकास निर्माण सुरु भएको थियो। धेरैले आलोचना गरे पनि अहिले भने कार्य सफलता पछि सबैले प्रशंसा गरेका छन । यो कार्य सम्पन्न पछि समितिका लागि आफ्नै कोठा तथा ५०० बढि भक्तजन परिसरमै हट्न सक्ने छन । मन्दिर परिसर साघुरो हुँदा सडकमै भक्तजनको भिड हुने गरेको थियो । सुपा देउराली समितिले सकृय रुपमा बिकास तथा ब्यवस्थापनको कार्य गरे पछि हाल सहज बनेको छ ।